काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



