काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



