काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला ३ लाख १७ रुंपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।



