काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



