काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।



