काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।



