काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्यमा गिरावट आएको छ ।
आज सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।



