काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



