काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



