काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



