काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



