काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।



