अर्जुन मोहन भट्टराई // जिउँ साँच्ने आरोप मुलत गाउँतिर बुहारी मान्छेलाई लगाइन्छ यो कुरा अलिक महिला हिंसा मानिन्छ । आजको दुनियामा यसमा महिलालाई अन्यथा भन्न खाजिएको भने कदापी होईन । तर आमा सधै जिउँ जतन गर्नपर्छ पछि पनि चाहिन्छ । अहिले थाहा हुन्न बिचार गर है बाबु भन्नुहुन्छ । हो तर काम गर्ने कर्मिलाई त्यो भनाई कहाँ पच्छ र ? दौडेर थाक्ने, अनि थकाई मार्न बस्ने भन्दा बरु विस्तारै हिँडि राखे थकाई लाग्दैन ।
थकाई मार्न पनि बस्न पर्दैन भन्ने बुढापाकाको भनाई छ । काम गर्ने बेला जोश, चाप र बलको घमन्डले दिन २४ घन्टा होईन ४८ घन्टा भई दिए हुन्थ्यो जस्तो लाग्छ । काम र थकानको बारेमा हेनरी पाओलोल, एफ.डव्लु टेलरले १९औं शताब्दितिर कुरा उठाए । झन्डै एकशतक पार हुन लाग्दा पनि हामी जहाँको त्यहि छौ ।
न हाम्रो बुद्धि आयो, न सुद्धि नै । हामी आफुलाई बहादुर नै सम्झन्छौ । हौशिन्छौ तर शरिर के हो? बल के हो ? ताकत के हो ? कति ताकत लगाउने ? कसरी काम गर्ने ? कसरि आराम गर्ने ? हामीलाई पत्तै छैन । ल्याटिन भाषामा लिकेर भनिन्छ फुसर्दलाई । त्यो नै अंग्रेजिमा लिजर बन्यो । कति मानिसले पजको पनि कुरा गर्छन । सुरुआती दिनमा सभ्रान्तहरुको जिवनमा मात्र आउने शब्द अव आम कामदारको जिवनमा पनि लिजरको व्यवस्था छ । हुन त श्रम ऐनमा पनि “बिदा सुबिधा हो अधिकार होईन“ लेखिएको छ तर आठघन्टा काम गरेपछि आधा घन्टा खाजा खाने समय मिल्छ । हुन त डार्विन र न्युटनलाई कहाँ आराम गर्न फुर्सद भयो होला र ? हुन त मानीस मनैदेखि खुसि भएर, तल्लिन भएर कुनै काममा लागी पर्यो भने उसलाई आराम गर्न मन लाग्दैन ।
गुगलमा पढेको फ्रान्सेलीहरु विश्वमा नै बढि समय खाजा खान खर्च गर्छन रे । यस्को मतलव खाना त्यति महत्वपूर्ण हो । यो कुनै बाध्यता, सजाय र दवाव होइन यो शरिरको लागि नभै नहुने हो । स्कुलमा त नानीहरुलाई खाजा खाने बेला ध्यान समेत गराइन्छ । हुन त पैसाको तिर्सनाले होला, माल, नापी ,भन्सार, अड्डा, अदालतमा पनि खाजा समयमा पनि कर्मचारी खाजा खान नगएको उदाहरण देखिन्छ । सिब खेराको बिचारमा मानिसमा दुई किसिमको समय हुन्छ । खाली र भरि तर परिणाम दुबै समयको गणनाबाट हुन्छ मानिस कति काम गरयो भन्ने अर्थमा उ कति आराम गरयो भन्ने संगै जोगिन्छ । “आइडियल समय र लिजर समय दुबैले मानिसको जिवनमा महत्व राख्छ” ।
यावत्ज्जीवेतसुखं जिवेत् ऋणं, कृत्वा घृतं पिवेत्।
भष्मिभुतस्य देहस्य पुनरागमन कुतः ।।
त्रयोबेदस्य कर्तारौ भण्डधृतनिशाचरा ।
श्लोकका अनुसार यो जिवन फर्केर आउदैन तसर्थ जसरी पनि ऋण गरेर भएपनि घिउ पिएर बाँच्ने आत्मा परमात्मा, परलोक केहि छैन । यो भनाई अनुसार हामी पृथ्विलोकमा सबै कुरा भोग्ने हो । परलोक, स्वर्ग, नर्क कस्ले देखेको छ र हामी सुखसंग जिउनुपर्छ हुन त मानिसहरु भन्दछन कि धर्म गरौ । मर्दा लिएर जाने यहि हो । पैसा सब छाडेर जानुपर्छ । जिउँको जतन कसरी गर्ने त ? काम नगरि बस्दा पनि जिउँ बिग्रन्छ । काम धेरै गर्दा पनि जिउँ बिग्रन्छ । कसरि जिउँ ठिक हुन्छ त ? अहिले मानीसलाई प्रेसर, सुगर, थाइराइड र किडनी सबै रोग पालेर बसेकाछन । घरभित्रै सौचालय, स्नानघर छ । घर बाहिर निस्कन पर्दैन । यावत सुबिधा छ । लुगा धुन मेसिन छ र पनि मानिस शरिरलाई सजाउन र बनाउन घरमै वाकर ल्याउछन, कुदछन र पनि रोगी छन् । घर करेसाबारीको काम समेत अरुबाट गराउँछन । अल्छिपना पनि समस्या हो । बढि खट्नु अर्को सरिरको लागि गलत हो ।
जिउँको जतनको बारेमा कुरा गर्दा “नखाईन्जेल बोल्न सक्दिन खाइसकेपछि चल्न सक्दिन “भन्ने जस्तो छ हाम्रो दिनचर्या । हास्नुस, बिस्तारै चपाएर खानुस, छिटो सुत्नुस, छिटो उठ्नुस, सुस्तरी हिड्नुस, बिस्तारै बोल्नुस ,कम बोल्नुस, धेरै सुन्नुस आदि यी कुरा सबैले भन्छन् । तर यसो गर्दा कसरी सरिर जतन हुन्छ त ? २०४६/४७ साल तिर एकजना बुढाबाले भनेको कुरा अति घतलाग्दो छ । उहाँ भन्नुहुन्थ्यो । बस्दा थचक्क नबस्ने टुक्रुक्क बस्नुपर्छ । सरिरलाई फाइदा हुन्छ । साथै खाँदा पनि अघाउन्जेल नखाने, थोरै खाने, पटक पटक खाने । हुन त अहिले यो सब काम गर्न फुसर्द कहाँ छ र अझ कारिन्दालाई त झनै मुस्किल छ ।
किनकी जापानमा त कर्मचारी कतिपटक ट्वाइलेट जान्छ याद गरिन्छ रे । हुन त कामको दवावले मानिस मर्ने देश जापान हो भनिन्छ । ४८ वर्षिय अमेरिकी कलाकार बेरिमोर को भनाईमा मेरो हात खुट्टाले काम गरेको छ त्यसकारण म मेरो शरिरको स्वरुपमा कुनै सिकायत गर्दिन । सोचले पनि काम गर्छ कुनै विषय आफैमा ठिक या बेठिक हुदै होइन ।
काम गरे जिउँ छरितो हुन्छ, खाना पच्छ, मासु लाग्दैन । अहिलेका मानिसलाई त आराम धेरै भएर बिग्रेका र रोगी भएका हुन । यिनिहरुलाई त चार तल्ला माथिबाट भारि बोकाएर तल्लामा धानका बोरा पुर्याउन लगाउनुपर्छ भनेको पनि सुनेको छु बुढापाकाले । जिउँ साँचेर बसे काम गर्न सकिन्न कि त प्राविधिक काम हुन पर्यो दुनियाले नजानेको काम गर्न पर्यो नत्र सामान्य काम गर्नेले त कसरी जिउँ साच्ँन मिल्छ र ? मालिक आउछ । यति जावो काम “म त यो काम क्षणमा सकाउँछु ।” कति धेरै समय लगाएको भन्छन । कि त प्रविधिको काम हुनपर्यो कुनै समय पोखरामा सुनेको यो भनाई छ ।
जसमा एकजना मानिसले रेडियोको ब्याट्रि हाल्न नजानेर रेडियो बिग्रयो भनेर मर्मत गर्न लगेछन । मेकानिक्सले भोली आउनुहोस भनेछ । भोली जाँदा ब्याट्रि सुल्टो पारेर ६० रुपैया लाग्यो भनेछन् । यस्तो प्राविधिक पेशा हो भने सहज छ । बोली बिक्छ र चल्छ । सबैको काम त्यस्तो छैन । गाउँमा बस्दा स्कुलबाट कुदेर घर पुग्यो, पसिना पुच्छ्यो अनि मकै, रोटि जेछ त्यही खाने हुन्थ्यो ।
आरामको महत्व थिएन । उमेरले होला यो सब । तसर्थ पनि जिउँ जोगाउनु र जतन गर्नपर्छ । बिहान उठेदेखी बेलुकि सुत्नेबेला सम्मको तालिका दिन्छन पोषणबिदहरु के खाने ? के नखाने ? कतिबेला खाने भनेर उता प्रवचन गर्ने गुरुहरु आहार, व्यायाम, योग र साधनाको कुरा अर्कोतर्फ छ आखिर जिउँ कसरी जतन गर्ने तर काम नगरि खान पुग्दैन ।
एकजना पढेलेखेकी साथि घरमा बस्न वाक्क लागेर कार्यालयमा काममा आउँथिन । उनिलाई कुनै कुराको दुःख थिएन । तैपनि काममा आउँथिन बरु कामको तलव थोरै होला उनि तेति खर्च गर्थिन । त्यसकारण काम गर्नु पनि एक साधना हो । मानीस व्यस्त रहँदा पनि दिर्घजिवन हुन्छ । जसबाट मानीसको जिवन केहि हदसम्म सयंमित, व्यवस्थित र नियमित हुन्छ । ओपरा बिनफ्रेका अनुसार “हामी सबैले सोचेको प्राप्त गर्न सकिन्छ तर सबै कुरा एकैपटक प्राप्त गर्न सकिन्न “। जस्मा धैर्यता आवश्यक छ ।
हामी सबै हाँडिघोप्टे सोच राख्छौं । जिउँको जतन गर्दा गाँउमा “कुन्नी के को जिउ प्यारो, के-को कुन्नी के.....को धन प्यारो “भन्ने गरिन्थ्यो । अहिले त्यो भन्न मिल्दैन खेर जिउँको जतन अहम मुद्धा हो । जिउँको जतन गर्न चाडबाड मनाउने, परिवारमा बस्ने, रमाइलो गर्ने, समय समयमा मिठो, चोखो खाने गर्नुपर्छ भनिन्थ्यो । खाने बेलामा बाहिर निकालेको जस्तो, अभागिको खाने बेलामा रिस उठ्छ, खाए पो जिउँ लाग्छ ,खानु खाए पो हुन्छ, अल्छि
च्युरा मिठा जिव्रा, आदि खानाका बिषयका अनेक भनाई छन उता हिन्दीमा जि रहेगा घि पिएगा भनिन्छ सहदको ख्याल गरौं ।
आमाका जिउँ जतनका सुत्रहरु अचुक छन् । बेला बेलामा बताउनुहुन्छ । टन्न खाने, बेलाबेलामा हात गोडामा तेल मालिस गर्ने, चिन्ताले चितामा लैजान्छ, बाँचीबसे के मात्र देख्न पाइन्छ, थोरै खाए बल धेरै खाए मल, काम साँचे आफुलाई खाना साँचे अरुलाई, खुट्टा भए जुत्ता जति पाइन्छ, पाहार ताप्ने, बेलाको पाक्य खाने, सिजनको फलफुल खाने,जाडोमा तात्तातो खाने, गर्मिमा सितलो चिज खाने ,रातीमा हल्का खाने, बिहान टन्न खाने, अमिलो खाएपछि पानी खानपर्छ रगत बढ्छ, बेला बेलामा टर्रो र तितो खानुपर्छ जिउँलाई फाइदा गर्छ । काम गरेपछि खाना रुच्छ, पच्छ । बेला बेलामा ब्रत बस्दा राम्रो हुन्छ । मोही खाए हड्डि बढ्छ, दुध घिउ खानपर्छ । दवाईले शरिरको ताकत कमजोर बनाउछ । यो सब कुरा बताउने आमाहरुको भुमिका अहिले कम छ । अझ परिवारमा आमाहरुको भुमिका हुन छाड्यो । नयाँ पुस्ताहरु आफै जान्ने र सुन्ने बनेकाछन । पुराना पुस्ता उनिहरुका लागी घाँडो नजान्ने ,नबुझ्ने र पाखे र दिगम्वर बनेका छन् ।
एक समय पोखरामा बसको काम गर्दा एक जना भाई ड्राइभर थिए । धेरै मेहेनती, रमाइलो धेरै गर्ने पनि । कुरा २०४९ साल तिरको हो । म त्यसपछि काठमाडौ आए आएको ३ वर्षपछि विर अस्पतालको बाटो चप्पल खियाउदै थिए बिर अस्पतालको प्राबगणबाट कसैले अर्जुन सर भनेर बोलायो । यसो हेरेको त्यो पोखराकैड्राइभर भाई रहेछ । किन यहाँ भाइ, को बिरामी भो? भनेको त मेरो मृगौला फेल भो सर आमाले दिन्छ भनेको छ । म त बर्बाद भए भन्यो । आखाँबाट आशु धान्न सकिन त्यो भाईसंग पोखरामा बिताएका, काम गरेका दिन सम्झे निशव्द भए । त्यो भाई खलासि थियो पछि ड्राईभर भयो सामान्य गुरुब परिवारको २५–२६ उमेरको। मेहेनत धेरै, साथीको संगत रक्सि पिउने गर्दथ्यो ।
चिनमा कर्मचारीहरु लन्च खाएपछी २० देखि ३० मिनेट सम्म झुल्ने अर्थात न्याप स्विकार्य छ । यसैगरी महिनामा ३६ घण्टा भन्दा बढि ओभर टाइम काम गर्न पाइदैन । अल्वर्ट आइस्टाइनको अनुसार जीवन र काम, साईकल चलाउनु जस्तै हो। हामी साईकल चलाएर अघि बढि रहौ भने सन्तुलन मिल्छ । त्यसैगरी जीवन पनि हो चलायमान बनाउनुपर्छ । सक्रिय जीवन नै उत्तम जीवन हो । शरिरको जतन गर्ने बिषयमा नयाँ बिचारहरु आएका छन जसमध्ये कम खाने कम तनाव लिने कुरा वास्तबिक जस्तो मानिन्छ ।
गोराहरु शरिर जोगाउन र बनाउन, स्वस्थ्य बन्न टे«क आउछन हिमाल पहाड कुदछन । पसिना निकाल्छन । शरिर बनाउछन सरिरमा स्फुर्ति ल्याउछन । हामी भने जहाँको त्यहिँ वरको सिन्को पर सादैनौ सोफामा बस्ने आडेस लगाउने, कमोडमा बस्ने, उभिन नसक्ने छौ किनभने हामी सरीरलाई ध्यान दिनौं । एकजना मानिसको घरमा कोठा खोज्न गएको घरभेटिको तर्क थियो ९ बजे गेट बन्द गर्ने गेटको आवाज सुन्यो भने मलाई निद्रा पर्दैन रे, अर्काथरी मित्रको सिद्धान्त थियो खाने बित्तिकैसुत्ने मैले यसरी सुत्न हुन्न रोग लाग्छ तर उहाँ भन्नुहुन्थ्यो भातको तातोमा निद्रा मज्जाले लाग्छ ।
जिउने सिद्धान्त कला तरिका आआफ्नै हुन्छ । कुन्ड कुन्ड पानी मुण्ड मुण्ड बुद्धि भन्निछ । गायक सलिना गोमेजको बिचारमा दुनियाले आफुसंग नभएको कुरा खोज्छ तर अन्त्यमा तिमिसंग भएको कुरा बाह्य कुरा भन्दा धेरै सुन्दर हुन्छ । मानिस खुसि हुदाँ पनि शरिरको जतन हुन्छ रे जस्तो कि खुसि कहाँ मिल्छ त प्राय मानीस खुसिको कारण बाँच्ने एउटा पेशा अगाँलेको होस, माया मान्ने श्रीमती होस, सानो घर होस यी मानीसका निम्नतम खुसिका कारण हुन सक्छन् । आम मानिसको लागि तर अन्यको लागि यी कुरा नगण्य हुन सक्छ ।
कुनै बेला राजकुमारले नेपालीले एक छाक दाल भात पनि खान पाएका छैनन त भन्ने प्रश्न एडिसिलाई गर्दथ्ये रे, हुन पनि हो राजालाई सामान्य लाग्दथ्यो तर गरिवको हाल थियो नै अज पनि छ । तिम्रो उमेर जे जति भएपनि सरिरको स्याहार गर्नु लगानी हो । यो भनाईमा सार्थकता छ किन की तिमी छैनौ । तिम्रो सरिर स्वस्थ्य छैन त संसार छैन । त्यसैले तिमि बस्ने एउटा मात्र ठाउँ तिम्रो सरिर हो तसर्थ सरिरको ख्याल गर ।
एक ताका कुरा हो एकजना युवा सय वर्षको बृद्ध मानिसलाई भेटेर ज्ञान लिनका लागि खोजी गर्दै गएछन । जादाँ जादाँ पर ठुलो पहाडमा पुगेछन त्यहाँ एकजना बृद्ध मानीस कुप्री परेको घाम तापीरहेको भेटेछन अनि सोधेछन । म एक सय वर्षको बुढो बुबालाई भेटन आएको तपाई हो भनेर सोधेछन । बृद्धले जवाफ दिएछन । म त हैन मेरो बुबा हो । अहिले पर जंगलमा घाँस काटन जानुभएको छ । युवाले दुई मुठो घाँस बोकेर आएका १०० वर्षका बृद्धलाई भेटेछन अनि सोधे । तपाई कसरी यति धेरै स्वस्थ्य हुनुहुन्छ के कारणले हो ।
१०० वर्षको बृद्ध मानिसले भने मैले यो कोरेली गाईको हजुरआमा, आमा र यस्को दुध अनि त्यो कुवाको पानी खाएको छु सधै, त्यो मेरो छोरा हो उ देश बिदेश गयो ठाउँ ठाउँको पानी खायो । अहिले कमजोर छ म सधै गाँउमा बसे स्वस्थ्य छु । यो सब कुराको दृस्टान्त भनेको जिवनमा स्थिरता हुनुपर्छ नियमितता हुनुपर्छ तव जिवन सहज स्वस्थ्य हुन्छ । हामी जानकारी नभएर भन्दा पढि, धेरै जानकारी भएर अस्वस्थ्य छौ तसर्थ सरिरको ख्याल गरौं पछी उप्रान्तमा गएर दुःख हुन्छ ।
जनावरले पनि आफ्नो सरिरको ख्याल गर्छ । कुकुरले जेब्रा क्रसबाट बाटो काटेको र कुनै घाउ चोट लागे चाटेर निको पार्छ । सरिरकै ख्याल गर्ने विषयमा केपी बा कोफुर्ति तथा सक्रियता र प्रचन्डको बिहान सधै ब्याडमिन्टन खेल्ने दैनिकी तथा अमेरिकाको राष्ट्रपतीले जगिब गर्ने कुरा पनि सरिरको जतनमा जोडिएकोछ गिरिजा बाबुको खाना खाएपछि सुत्ने दैनिकी थियो रे । शरिरको जतनको लागी हामीले हामीलाई माया गर्नुपर्छ शरिर छ र सब छन्, शरिर नहोस त सबैले छाड्छन् ।
विश्वका ठुला महान व्यक्तिहरुको दैनिकी हेर्यो भने उनिहरु सबै कुरा भ्याई रहेका हुन्छन उनिहरुको पनि हाम्रो जस्तै दिन २४ घन्टा कै हो ।हिरोईनहरु अनुहारमा चमकको राज पानी रहेको बताउछन् । सदा सुन्दरी देखिन्छन । सरिरको जतन नगर्ने कुराः पाएकोबेला धेरै खाने, कुनै समय नखाई नखाई हिड्ने, धेरै अनियमित जिवन, सुत्ने उठ्ने तालिका नभएको, पिर लिने, तनावमा बस्ने आदि हुन् ।
तिमि बिल तिर्न र तौल घटाउन मात्र जिएका हैनौभन्ने अज्ञात भनाई मार्मिक छ । किनकी तपाई आफुलाई आफनो साथी मान्ने आफुले आफैलाई माया गर्ने गर्नुभयो भने अरुको साथ नहुदाँ पनि एक्लै खुसी बन्न सक्नुहुन्छ । सबै कुराको समाधान आत्मानुभुति हो । हरेक मानिस आफैमा आफ्नो सरिरको डाक्टर हो मलाई के हुदैछ, किन हुदैछ, मैले के के कुरामा खराबी गरेको छु ।
मलाई के के रोग हुन लाग्न सक्छ । हामी स्वयमलाई जानकारी हुन्छ । हामी स्वयमलाई ढाट्न सक्दैनौ । घर परिवार आफन्त साथी भाई सबै सुखका सक्दाका साथि हुन नसक्दाको घडिमा सबैले छाड्छन । त्यसकारण, जिवनको महिमा बुझौ । यो अमुल्य छ जति बाँचिन्छ आरामले बाँच्न, योग, व्यायाम, ध्यान, खानपान, हिड्डुल, मनोरन्जन, हासँखेल गरौ । जिवनको मुल्य बुझौं । शेक्सपियरले भने झै हाम्रो सरिर हाम्रो बगैचा हो जस्मा हाम्रा इच्छाहरु बगैंचे हुन् । इच्छा मुताविक हामी शरिर चलाउछौ बगैचारुपि शरिर मानब इच्छाबाट सञ्चालित छ ।
खल्लीवल्लि, लिभ इट, लेसे तोम्बे जस्ता शव्दावली छन जसबाट तनाव नलेउ, जे भयो छाडिदेउ । यो किन भनियो भने चिन्ताले चिता तर्फ लैजान्छ । तसर्थ जे भयो भयो अब फिर्ता आउन्न तसर्थ सुर्ता गर्नु व्यर्थ छ । यो पनि बाँच्ने कला हो यसबाट पनि शरिर स्वस्थ्य राख्न सकिन्छ । स्वस्थ्य शरिर स्वस्थ्य दिमाग नै जिवन हो जसबाट पुरा जिवन खुसीले बाँच्न सकिन्छ । मेरो हजुर आमा सय वर्षमा गत साल स्वर्गे हुनुभयो । तर बित्नु भन्दा १ महिना अगाडिसम्म आफै खाना खानुहुन्थ्यो ।
मेलै वहाँसंग करिब ३५ वर्ष संगै विताउने मौका पाए । वहाँ कसरी त्यति दिघार्यु हुनुभयो त यसमा खास राज छैन । वहाँमा कसै प्रति कुन्ठा, रिस, राग, ईश्या थिएन । सादा खाने, चर्को नबोल्ने, प्रश्नको उत्तर छोटो दिने, पिर नलिने तथा आफनो शरिरलाई माया गर्ने गर्नुहुन्थ्यो साथै वहाँले ७ वर्षमा मेरो हजुरबासंग विहे गरेर आएपछि त्यो कुवाको पानी मात्र खानु भयो पानी पनि स्वच्छ हुनुपर्छ । तसर्थ आफु भलो जगत भलो यो भनाई आत्मसात गरौ ।
हिन्दु धर्म अनुसार नैतिक धन सम्पती र इच्छा पुर्ती सामान्य मानिसको जिवनका लक्ष्य हुन तर यी लक्ष्यको प्राप्तीमा मानीस जुटिरहन्छ । यो क्रममा उसमा आरोह, अवरोह आउँछ । त्यसलाई उसले कसरी हल गर्छ । त्यो पनि शरिरसंग सम्वन्धित हुन्छ । हामी आफै स्वयम आफ्नो शत्रु र मित्र हो अधिकांस कुरा हामी स्वयमबाट हुन्छ ।
जुनसुकै धर्म शास्त्रमा पनि उल्लेख भएका कुराहरु यो युग काल अनुसार सम्भव छैन । जसमा हिन्दु, बौद्ध, इस्लाम या ईशाइ पर्छन । धर्म अवलम्वन गर्दा शान्ती मिल्ला तर भौतीक सुःख मिल्दैन । एक जना महिला प्रसुती अस्पतालमा बच्चा जन्माउने क्रममा थिइन । उनि भन्दै थिइन बच्चा जन्माउदा रगत गयो भने अर्को को रगत राख्न मेरो धर्मले मिल्दैन । बरु मर्छु । धर्म धारण जिउनका लागि हो । सहजता सुःख शान्तीका लागी हो । पिडाको लागि अवश्य होईन । हाम्रो बुझाई गलत हुन सक्छ ।
उता अन्य धर्ममा पनि लुगा, खानपान, यौन, जिवन, मृत्यु, पिडा, गर्भपतन, रोग, भाग्य, कमर्, पुर्नजन्म, उपवास, पवित्र, दिन, अंगदान आदि विषयहरुमा बिभिन्न मत पाइन्छ । जुन काल समय परिस्थिती मुताविक छैन । जसको कारणले धर्म हैन शारिरिक पिडा हुन्छ । जिवन कठिन हुन्छ । यसकारण बर्तमानको आवश्यकता बुझेर चलौ । जिवन अमुल्य छ । आफुलाई सहज, सौहार्द र सम्मान हुने स्थानमा जाउँ । पिडा नउठाउ । खुसीले बाँचौ । बुकुवा घस्ने, तेल लगाउने, मसाज मालिस गर्ने, लुतो फाल्ने, मह पुजा गर्ने, टान गर्ने, साउना बाथ, जाकुजी, तातोपानीमा नुहाउने, विपस्यना, योग ध्यान सबै शरिर कैख्यालका उदाहरण हुन् ।
हामीले पहिरन भने पनि अरबियनले लगाउने पहिरन या हिमाली बख्खु, धोती, कुर्ता, पाइजामा सबै शरिर अनुकुल हुन् । यसैगरी खाना पनि मौसम अनुसार गरिन्छ, त्यो पनि शरिरकै अनुकुल हुन्छ तर हामी यसलाई विविधता भनेर बुझछौ तर वास्तवमा शरिरको स्याहार र सभ्भार ख्याल नै हो ।



