मंगलबार, श्रावण १२ गते २०८३
images
images

मदिराको विज्ञापनको अन्तर्य!

एक्सप्रेस पाना
श्रावण २६, २०८० शुक्रबार
  • 1.3K
    SHARES
  • मदिराको विज्ञापनको अन्तर्य!

    मार्क ट्वेनले भने अनुसार कुनै पनि चिज धेरै हुँदा खराव हुन्छ तर राम्रो हुस्की प्रर्याप्त हुन्छ । अति भए खति हुन्छ भन्ने भनाई पनि छ । मदिरालाई सहि प्रयोग गरेमा औषधि निन्द्रादायक, मन भुलाउने, दिल बहलाउने, केहि समय दुःख बिर्साउने हुन्छ मदिरालाई सहि प्रयोग गरेमा खति क्षति हुदैन लाभनै हुन्छ ।

    images

    मदिरा भन्नाले इष्ट र व्याक्टेरियाको कारणले पेय पदार्थ र खाद्यान्नमा हुने रसाइनिक परिवर्तन जसले पेय पदार्थ र खाद्यान्नलाई ४८ घन्टामा तातो पार्ने, फिँज निकालेर चिनिलाई अल्कोहलमा परिवर्तन गर्छ मदिराभित्र वियर, स्प्रिट र वाइन पर्दछन । वियरलाई हल्का पेय दिार्थ मानीन्छ । जसमा २ देखि ८प्रतिसत अल्कोहलको मात्रा हुन्छ । वाइनमा ८ देखि १४ प्रतिसत अल्कोहल हुन्छ भने स्प्रिट अन्तर्गत रम, हुस्की, जिन, भोड्का र ब्रान्डी पर्दछन जसमा ४० देखि ५० प्रतिसत अल्कोहलको अंस हुन्छ ।

    नेपालमा सास्कृतिक, धार्मिक परम्परा र रिवाज अनुसार मदिराको प्रयोग निरन्तर भैरहेको छ। जसमा वि.स. २०३१ मा सरकारले मदिरा ऐन ल्याएर यस मदिराको विक्रि तथा वितरणलाई नियमन गरि आधिकारिकता दिएको देखिन्छ ।

    images

    सन १९७२ मा नेपालमा वियर कम्पनीको सुरुवात भएको देखिन्छ । नेपालमा स्थानिय उद्योगहरुले उत्पादन गरेपनि बिदेशबाट आयात बढदो छ जसको आँकडा हेर्दा सन २००१ मा ३७५ हजार लिटर आयात भएकोमा २०१७ मा पुग्दा ७१६ हजार लिटर देखिन्छ । नेपालमा प्रति व्यक्ति मदिराको खपतमा २.३ लिटर छ ।

    विश्व स्वास्थ्य संघको तथ्यांकमा प्रति व्यक्ति मदिरा प्रयोग सन २०१० मा ६.४ लिटर थियो सन २०३० सम्ममा ७.६ लिटर हुने अनुमान छ । नेपालमा कुल मदिरा उत्पादनमा ६० प्रतिसत घरेलु उत्पादन रहेको उद्योगीको धारणा छ ।

    नेपालमा मदिराको प्रयोग उत्सव, दुःख बिर्साउने, आनन्द र सामाजिकरणका लागि गरिन्छ भन्ने अक्टोबर २०२२ मा क्याथलिनले गरेको अध्ययनले देखाएको छ । गुगलको अनुसार रेड वाइनले मुटुको रोग, ह्रदयघात, कोलोस्ट्रोल, उच्च रक्तचाप घटाउनुका साथै एन्टिअक्सीडेन्ट प्राप्त हुन्छ ।

    नेपाली समाजमा मोजदेखि भोजसम्म, चाडदेखि रिवाजसम्म, जन्मदेखि मृत्युसम्म मदिराको प्रयोग हुन्छ । मदिराको सामाजिक महत्व छ तर मदिराको सदुपयोग, दुरुपयोग र उपयोगले अर्थ राख्छ । सत्कारदेखि संस्कारसम्म मदिराको भुमिका छ । स्वास्थ्य खराव गर्ने विषयहरु अन्य पनि छन जस्तो कि बिषादियुक्त तरकारी र फलफुल, अखाद्य मिसावट सहितको खाद्यान्न, सडकमा सवारी साधनको प्रदुषण, ध्वनी प्रदुषण, पानी प्रदुषण, बायु प्रदुषण अत्यन्त स्वास्थ्य प्रतिकुल छ ।

    सन २०१८ को विश्व स्वास्थ्य संगठनको आँकडानुसार ६१ देशमा स्प्रिट अल्कोहलको टेलिभिजनमा विज्ञापन रोक छ भने ५१ देशमा बियरको टेलिभिजन विज्ञापनमा रोक छ । जे.पि.नेल्सनले २००१ मा गरेको मदिराको विज्ञापन र विज्ञापन प्रतिवन्ध शिर्षकको एक अध्ययनमा विज्ञापन खर्चले बजार बिस्तारमा असर गर्ने होईन साथै विज्ञापनको प्रतिवन्धले मदिराको उपभोग र दुरुपयोग घटाउदैन हुन त यो तथ्य पुरानो हो तापनि तथ्यमा सत्यता छ । मदिराको विज्ञापन तथा बजारिकरणमा बिकसित देशमा आत्म अनुशाषन नै छ तर यहाँ अलिक गाह्रो छ । ब्रान्डको प्रचार र बजारिकरणले खासमा बिक्रि नगण्य मात्रामा बढछ बरु केवल एक ब्रान्डबाट उपभोक्ता अर्को ब्रान्डमा जान्छ ।

    नर्बेमा मदिराको विज्ञापनमा रोक छ तर उपभोग बढदो छ । तर इटालीमा विज्ञापन खुल्ला छ तर उपभोग घटदो छ । तसर्थ विज्ञापनको रोक मात्र मदिरा उपभोगको नियन्त्रणका लागि समाधान होइन । क्यानडाको मिनटोवामा ७ वर्षसम्म मदिराको विज्ञापन रोक्दा पनि बियर बिक्री बढि रहयो । १९९९ मा फ्रान्समा विज्ञापनमा रोक लगाउदाँ पनि बिक्रि कमी भएन । सन २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्ययनले ४७.९ प्रतिसत मानीसले मदिराको प्रयोग गर्न निरुत्साहन गर्ने सम्वन्धी सन्देश हेरेको, देखेको र सुनेको देखाएकोछ । जव की १८.७ प्रतिसत मानिसले कुनै पनि सञ्चार माध्यममा मदिरा विज्ञापन देखेको, सुनेको र हेरेको देखिन्छ ।

    नेपालले भारत लगायत युएई, युके, मलेसिया र सिंगापुरबाट सन २०२० मा ५.५८ मिलियन अमेरिकी डलर अर्थात ७७ करोडको हार्ड ड्रिब्क आयात गरेको देखिन्छ । यदि हामी नेपाली मदिरा उद्योगीलाई विज्ञापनमा अड्चन गर्ने, बजार विस्तार, प्रर्वद्धन, व्रान्डमा प्रभावित गर्ने सरकारी निति ल्याउछौ भने मानिसले मदिरा सेवन गर्न छाडने होईन बरु विदेशी मदिरालाइ फाइदा हुन्छ । नेपाल उद्योगीलाई समस्या पर्छ । हामी जानी नजानी विदेशी मदिरा प्रर्वद्धनमा लागिरहेका त छैनौ, सोच्न जरुरी छ ।

    नेपाल राष्ट्र बैकको डाटा अनुसार मदिराबाट सन १९९७ अक्टोवरमा रु.२४१३०० कर उठेकोमा सन २०१८ अप्रिलमा रु. ८६६५७०० पुगेको देखिन्छ। नेपाल पर्यटकिय गन्तव्य भएकाले घुमफिर र मनोरन्जनका लागि बिदेशी पर्यटकहरु नेपाल आउने हुनाले मदिरालाई साँघुरो तथा पुरातन सोचबाट व्याख्या गरि त्यसको मदिराको प्रचार प्रसारमा रोक लगाउनु संर्किण सोच हो।
    नेपालमा दुरसञ्चार पछाडी सरकारलाई बढि राजश्व बुझाउने क्षेत्र मदिरा उद्योग नै हो जसमा हजारौको संख्यामा नेपालीहरु रोजगार रहेकाछन साथै करिव १ खर्व बराबरको राजश्व वार्षिक रुपमा सरकारलाई बुझाउने स्वदेशि कम्पनिहरुलाई राज्यबाट उपेक्षा गरिनु दुःखद कुरा हो।

    २०१४ को तत्थ्याङ्ग हेर्दा एफ.एम.सि.जि अन्तर्गत जि.डि.पि.मा ५९ प्रतिसत योगदान छ जसमा मदिराको उल्लेखनिय योगदान पर्दछ। हरेक व्यवसायका आ-आफ्ना बिशेषताहरु हुन्छन हरेक चिज वस्तु आफैमा खराव वा असल हुदैन त्यसको उपयोग, प्रयोग र व्यवस्थापन अहम पक्ष हो जसका लागि चेतना चाहिन्छ त्यो विज्ञापन नै हो जसमा ब्रान्डले खर्च गर्छ।

    नेपालमा नेपाली उद्योग व्यवसायलाई स्तस्फुर्त रुपमा सञ्चालन गर्न सरकारबाट विभिन्न बहानामा हरेक अड्चन र व्यवधानहरु रहेका हुन्छन त्यस्तै एक श्रृंखला हो। मदिराको प्रचार प्रसारमा रोक,जसबाट स्वदेसी उद्योगलाई सकाएर विदेशी व्रान्डलाई उक्साउने स्थापित गराउने एक षडयन्त्र हो। मदिराको उत्पादन गर्न दिने, विक्रि गर्न दिने तर त्यस उत्पादित बस्तुको प्रचारप्रसार, उपभोक्तालाई वस्तुको तथा नयाँ उत्पादनको जानकारी, परिचय दिने, छनौटको अधिकार तथा उपभोक्ता सचेतनामा रोक लगाउने सरकारी सोच तथा मनोबृतिलाई स्वदेशी उद्योग व्यवसायलाई पाखा लगाउने दुरासय देखिन्छ। मदिराको विज्ञापन हेर्ने, देख्ने र सुन्ने उपभोक्ता हुँ। मदिराको कारणले महिलामाथी शोषण र हिंसा भैरहेको छ। मदिरा दाल चामल पसलमा पाइन्छ। शारीरिक र मानसिक क्षमता बिकास गर्नुपर्ने युवा जनशक्ती मादक पदार्थ सेवनले बरालिएका छन्।

    मदिराको कारणले मुटु रोग तथा दम भई मानिसको मृत्यु भैरहेकोछ घर परिवारको इज्जत प्रतिष्ठामा आँच पुगेको छ। समाजमा पारिवारिक द्धन्द र अशान्ती निम्त्याइएको छ रक्सिको लतले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा गम्भिर प्रभाव परेको छ। सडक दुर्घटना तथा आत्महत्या बढेकोछ भन्ने तर्कहरु पनि छन्। तर पूर्ण सत्यता छैन। हिप्पीको समयमा सन १९६० ताका विदेशीको लहडमा गाजाँ प्रतिवन्ध लगाइयो तर आज त्यहि गाँजाबाट निर्मित औषधि नेपालले अमेरिका क्यानडा लगायत अन्य पश्चिमा मुलुकहरुबाट आयात गर्छ यसबाट हाम्रो सोच र निर्णय कति गलत छन्। ज्ञात हुन्छ। माथि उल्लेखित तर्कका पछाडी देशको राजश्व, पर्यटन उद्योग, मनोरन्जन उद्योग, खेलकुद जस्ता विषय पनि जोडिएका छन्। रक्सिलाई निरपेक्ष रुपमा हेर्नु गलत हो। अपराध र दुर्घटना मदिराको कारण भन्नु मुर्खता हो। देशभर कति मानिस मदिरा सेवन गरेर सवारी चलाएर मरेकाछन त साथै अपराधलाई पनि मदिरासंग जोडनु गलत हो अपराध गर्न मदिरा नै चाहिन्छ भन्ने होईन।

    प्रहरीबाट वषौदेखि दुरदराज गाउँघरमा रहेका ग्रामिण महिलाह?बाट जिवनोपार्जनका लागि बनाएको घरेलु रक्सिलाई नष्ट गर्ने काम गरिरहेकोछ साथै घरेलु रक्सिलाई घरेलु हिंसाको पर्यायबाची मानिन्छ तर हिंसा रोकिएकोछैन यसकारण हाम्रो सोच परिवर्तन गर्न समय भएकोछ। मदिराको विज्ञापनमाथी रोक लगाउदा मदिरा उद्योगको आय घट्छ। विज्ञापनको आय घट्छ। मदिरा विक्री वापत हुने कुल ग्राहस्र्थ उत्पादनमा कमि हुन्छ। कर तथा रोजगारीमा कटौती हुन्छ। यी सबै असरले निश्चीत रुपमा अर्थतन्त्रमा दुरगामी असर गर्छ। यो नेपालको एक ठुलो आकारको निर्यात उद्योग हो यसलाई निरुत्साहि बनाउनु सर्वथा गलत हो।

    ऐन, नियम, कार्यबिधि, कानुन, र निति बन्नु स्वभाविक हो तर त्यसको कारणबाट औद्योगिक वातावरणमा पर्ने दुरगामी प्रभाव असरलाई राज्य शाषकले एक अभिभावकको रुपमा पुर्नविचार तथा विर्मश गर्नुपर्छ। विज्ञापनले वजार बृद्धि मात्र गर्छ भन्ने अपव्याख्या अर्को घातक पक्ष हो। विज्ञापनले व्रान्डको परिचय, जानकारी, गुणस्तर, मुल्य, प्रयोग विधि, तरिका आदि उपभोक्तामा उपलव्ध गराई उपभोक्तालाई बस्तु या सेवा छनौट गर्न सहज र सरल बनाउछ। वस्तुको विज्ञापन तथा व्रान्डको विज्ञापनबाट आउने आयद्धारा सञ्चार क्षेत्र चलायमान हुन्छ जुन सञ्चार क्षेत्रले आम जनमानस पाठक, दर्शक र श्रोतामा सूचना, जानकारी, समाचारहरु पस्कन् छन्।

    “स्वस्थ्य जिवनको आधार खेलकुद मनोरन्जन“ भन्ने पक्ष जसमा मदिरा उद्योगले ठुलो योगदान गरेको छ। नेपालमा आयोजना गरिने राष्ट्रिय खेलकुद, प्रतियोगिता टुर्नामेन्टहरुको सञ्चालनमा मदिरा उद्योगले पुर्ण रुपमा प्रायोजन गरि सहयोग गरिरहेकोछ जसबाट खेलकुदको विकास भएको छ। मेला, पर्व, समारोह, भेला, बैठक, सम्मेलन, प्रर्दशनी जस्ता कार्यक्रमको सौगात सगुन चुस्की पनि मदिरा नै हो। तसर्थ मदिराको रोक लगाउनु प्रचार प्रसार गर्न बन्चित गराउनु बिदेशी मदिराको बजार सुनिश्चित गर्नु हो। मदिरा उद्योगले सरकारलाई अर्वौ राजश्व बुझाउने यो क्षेत्रले आफना उत्पादनको परिचय नयाँ उत्पादनलाई उपभोक्ता सामु परिचय दिन स्थानिय स्वदेशी सञ्चार माध्यम रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई विज्ञापन दिएर गरिरहेकोछन । विज्ञापनबाट सञ्चार क्षेत्रलाई आफ्नो सम्पादकिय स्वतन्त्रता जोगाउन सहयोग पुगिरहेको छ।

    एकातर्फ सरकारले स्वदेशि मदिरा व्रान्डको विज्ञापन रोक्ने अर्कोतर्फ विदेशि मदिरा व्रान्डले सामाजिक सन्जालः फेसबुक, युट्युव, टिव्टर मार्फत बिदेशबाट अनियन्त्रीत रुपमा विज्ञापन गरि विदेशी मदिराको आयात तथा विक्रि बढाउनाले स्वदेशी उद्योगलाई सरकारबाट हुने अभिभावकत्व एवं संरक्षणको उपहास भैरहेको छ। जसबाट उपभोगमा रोक नभई विदेशी व्रान्ड पोसने र स्वदेशी मदिरा उद्योगको घाँटि रेट्ने काम प्रपन्च सहित भैरहेको छ। स्वदेशी मदिराको विक्रि वितरणमा पनि सरकारबाट वि.स. २०७५ मा विभिन्न बहानामा रोक लगाउन खोजिएको थियो तर सरकारलाई व्यवसायी उद्योगीहरुबाट ध्यानाकर्षण गराएर रोकिएको थियो। अहिले पनि यो श्रृंखला दोहोरिएकोछ जसबाट स्वदेसी उद्योगि र व्यवसायीलाई प्रताडित पार्ने हतोत्साहीत बनाउने गलत कार्य भैरहेको छ।

    साथै सरोकारवालापक्षहरुसंग सहकार्य, समन्वय तथा वार्ता नगरि एकाएक उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने गरि षडयन्त्रपूर्वक आएको यो उद्योग व्यवसायी माथिको प्रहारले नेपालमा स्वतन्त्रपूर्वक निर्वाध रुपमा उद्योग व्यवसाय संञ्चालन गर्ने संबैधानिक हक अधिकारलाई बाधा, अबरोह र व्यवधान पुर्याएको छ। दक्षिण एसिया तथा एसियाको मदिरा विज्ञापनको अभ्यास हेर्दा पनि थाहा हुन्छ कि यसको विज्ञापनको बारेमा छिमेकि मुलुकहरुमा के कस्ता अभ्यास भैरहेका छन्।। केहि मुलुकहरुमा समय तोकेर, सरोगेटको रुपमा, स्वास्थ्य प्रावधानहरुलाई समय छुट्टयाएर, स्वास्थ्य सन्देशका लागि विज्ञापनमा कानुनी तथा स्वास्थ्य सन्देशका लागि स्थान दिएर विज्ञापन गर्ने गरिन्छ।

    साथै मुलधारका सञ्चार माध्यमहरुमा विज्ञापन रोक्ने तर विदेशी सामाजिक सञ्जालहरुमा सर्वत्र खुला गर्ने परिपाटिले कोरोनाबाट संकटग्रस्त बनेका सञ्चारगृहहरुलाई राहत र्हैन आहत पुरयाउने देखिन्छ नेपालमा विज्ञापन रोक गरेर विदेशबाट निर्वाध रुपमा सामाजिक सञ्जालमा विदेशी मदिराको विज्ञापन आउदाँ विदेशी मदिराको व्यापार बढछ। कतै मदिराको विज्ञापन रोक्ने खेल पनि विदेशबाट बहुराष्ट्रिय कम्पनिको चलाखि हुन सक्छ। बहुधार्मिक सास्कृतिक पहिचान वोकेको नेपालमा विभिन्न जातजातिहरु बसोबास गर्दछन उनिहरुका आ-आफना रिवाज, संस्कार, चालचलन र परम्परा रहेका छन्। जसमा सगुनको रुपमा मदिराको प्रयोग समेत हुने गरेको छ। त्यसैले मदिराको विषयमा केवल संकिर्णता एवं जनस्वास्थ्यलाई मात्र जोडेर यसलाई वर्जित गरिनु तथा यसको व्यवसायिकतालाई गलत बेठिक तथा स्वास्थ्य प्रतिकुल अर्थात विष समान मानी निकायबाट यससंग सम्वन्धित उद्योगि र व्यवसायीलाई राज्यले दुःख दिनु सर्वथा गलत कदम हो।

    नेपालको पर्यटन उद्योग अन्र्तगत अर्वौको लगानीमा वर्षेनि ठुला ठुला होटल रिसोर्ट, फाइस्टार होटेलहरु क्यासिनोहरु खुलिरहेका छन्। नेपाललाई पर्यटन गन्तव्य बनाउने सरकारको लक्ष्य रहेको र होटल, पर्यटन, भ्रमण, शाहसिक खेल जसमा मदिरा उद्योगको भुमिका महत्वपूर्ण छ। पर्यटनको पयार्यबाची बनेको मदिरालाई ऐन, नियम र कानुनको हवाला दिएर कोविड-१९ पछि विस्तारै चलायमान हुन लागेको उद्योग व्यवसायलाई तेजोबध पार्ने निकायको यो कदम भत्र्सनायोग्य छ। होटल व्यवसायी श्रृर्जना राणाका अनुसार होटलको १५ आय मदिरासंग सम्वन्धित छ। मदिरा उद्योग प्रत्यक्ष पर्यटनसंग जोडिएको छ। पर्यटन उद्योगको ८ प्रतिसत कुल ग्रार्हस्थ उत्पादनमा योगदान छ।

    जनस्वास्थ्य ऐन २०७५, मदिरा ऐन २०३१ , विज्ञापन ऐन २०७६ जुन जेसुकै ऐन नियम कानुनहरु त्यो देशका नागरिकहरुको लागि नागरिकद्धारा चुनिएका प्रतिनिधिहरुबाट नागरिककै फाइदाका लागि बनाइएका श्रृजित गरिएका हुन्छन जसबाट नागरिक लाभान्वीत हुन्छन तर उक्त नियम कानुनको सार्थकता, मर्म, प्रस्तावना र तात्पर्यलाई सरकार, राज्य संञ्चालक, प्रशाषकले ममन गरि समयानुकुल सुधार तथा परिमार्जन गर्नु पहल गर्नुपर्छ न कि ति अव्यवहारिक ऐन, नियम, कानुनलाई देखाएर उद्योग व्यवसायीलाई तर्साउने, हतोत्साहित बनाउने, व्यवसाय उद्योग सञ्चालनमा अवरोध पु्याउने। विज्ञापन बोर्डबाट समय समयमा आएका जारी गरिएको मदिराको विज्ञापनमा रोक लगाउने विज्ञप्ती सुचना आफैमा विरोधाभासपूर्ण छ जसले आफनो कार्यक्षेत्रलाई विर्सेर अन्य ऐन, नियम र कानुनको व्यवख्या र उद्धृत गर्दे विज्ञप्ती जारी गर्नु गलत मनसाय रहेको प्रष्ट हुन्छ।

    अन्त्यमा, सरकारले सरोकारवाला पक्षहरु मदिरा उद्योगी तथा व्यवसायी, सञ्चार उद्यमी, विज्ञापन व्यवसायी, खेलकुदकर्मिसंग तत्काल सहकार्य गरि वार्तामा बसि उचित समाधान खोज्नु जरुरी छ। हरेक उद्योग व्यवसायलाई अतिरन्जित गरी सकाउने ,मास्ने विदेशी उत्पादनलाई रातो कार्पेट स्वदेशी उत्पादनलाई हैरानी गर्ने पुर्वाग्रह राख्ने सरकारी तथा कानुनी सोच अर्थतन्त्रका लागि घातक हुन्छ। मोर्गान फ्रिम्यान अमेरिकन कलाकार ले भने झै गाँजालाई बैध गर्नुहोस जसरी रक्सिमा कर लगाइएको छ। तर हामीकाहाँ विज्ञापन समेत रोक लगाउने विषय भैरहेकोछ।

    सरकारले यो निर्णय पुर्नविचार गरी विज्ञापनको तरिका समय विधिमा हेरफेर, परिमार्जन गरी मदिराको विज्ञापनलाई खुल्ला गर्नुपर्छ। यसका लागि सरोकारवाला, विज्ञ, सरकारी निकाय बिच गहन छलफल र सहकार्य हुनुपर्छ। एन.जि.ओ, आइ.एन.जि.ओको लगाव तथा उक्साहट एवं स्वार्थको पछाडि राज्य अदालत दौडेर राजश्व र रोजगारी गुमाउने कार्य कदापी गर्नु हुदैन। सबैजसो उद्योग र व्यवसायमा कुनै न कुनै कमजोरी हुन्छ त्यसका नाउँमा उद्योग र व्यवसायलाई बन्द गराउने कुटिल चाल निन्दनिय छ। ऐन, कानुन र नियम बनाउदाँ र परिपालना, कार्यान्वयन गराँउदा धरातल, माटो, भुगोल, जनता बिसर्नु हुदैन। दर्शन, आर्दश, भावना, सिद्धान्तबाट राज्य सञ्चालन सकिन्न।

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई