मंगलबार, श्रावण १२ गते २०८३
images
images

ऋषितपर्णी-जनैपूर्णिमा-रक्षाबन्धन

एक्सप्रेस पाना
भाद्र १४, २०८० बिहीबार
  • 573
    SHARES
  • ऋषितपर्णी-जनैपूर्णिमा-रक्षाबन्धन

    नागपन्चमी पश्चात आम नेपालीहरु चाडवाड सुरुवात भएको मान्दछन्। धान रोप्ने मौसमको अन्त्यसंगै नेपाली चाडहरु एकपछि अर्को गरी आउँछन जस्को प्रारम्भ नागपन्चमीबाट सुरु भई छट पर्व सम्म हुन्छ।

    images

    रक्षाबन्धनमा जनै लगाउने तागाधारीहरुले सुद्ध भई पुरोहितबाट ताओ अर्थात डोरो लगाई जनै फेर्ने चलन छ। ठाउँ बिशेष अनुसार जनै पुर्णिमामा लगाउने धागोलाई जनै अर्थात यज्ञोपवितमा छ वटा तह हुन्छन जसमा ब्राम्हणले ६ सरा र अन्य जातीले ३ सरा भएको जनै लगाउने चलन पनि छ। जनैमा रहेको धागोको बिभिन्न सरालाई शिखा भनिन्छ। जनै लगाउने विषय गायत्रीसंग जोडिएको छ जसमा ब्रतबन्ध गरेपछी मात्र जनै लगाइन्छ जसलाई चुडाकर्म वा उपनयन पनि भनिन्छ। मुलत चुडाकर्म गरेपछी मात्र कर्म चल्छ भन्ने लोकमान्यता छ।

    पहिला पहिला सानो उमेरमा ब्रतवन्ध गर्ने चलन थियो अहिले विबाह गर्ने समयमा विवाह ब्रतबन्ध संगै पनि गरिन्छ। जनै लगाएपछि आचमन गर्ने, भगवानलाई चढाएर मात्र खाना खाने, नुवाई धुवाई गरेर मात्र खाना खाने, गायत्री उच्चारण गर्ने मान्यता छ तर आजकल ब्रतबन्धमा समेत भोज गर्ने मासं र मदिरा सेवन गर्ने चलन बढेको छ जसमा आडम्वर रइज्जत प्रतिष्ठाको भुमिका छ। येनबद्धोवलीराजा दानवेन्द्रोमहावलस्। तेनत्वांप्रतिबध्नामि रक्षेमाचलमाचल, मन्त्र उच्चारण गरेर ताओ डोरो बाधिन्छ यो सुरुमा पुरोहितबाट लगाएपछि आफना ज्वाई भान्जा संग पनि लगाइन्छ। झट्ट हेर्दा र सुन्दा तागाधारीहरुको चाड जस्तो लाग्ने यो पर्व। सबै जातजातीमा यो पर्व महत्वपूर्णछ। नेवारहरुमा गुन्ही पुन्ही अर्थात क्वाटी पूर्णिमाको रुपमा कृषिसंग सम्वन्धित भइ यो पर्व मनाइन्छ। भ्यागुतालाई पानीको आगमन गराउने प्राणीको रुपमा मानेर अन्न गेडागुडि भ्यागुतालाई चढाइन्छ।

    images

    क्वाटि पूर्णिमामा विभिन्न नौ प्रकारका गेडागूडि मास, बोडी, केराउ, चना, सिमी, भट्टमास, राज्मा, बकुल्ला, आदि मिसाएर बनाइन्छ र तिनदिन भिजाएर टुसा उमारेर बनाइन्छ। यो स्वास्थ्यवद्र्धक हुन्छ भन्ने मान्यता छ। नेवार भाषामा ”क्वा” को अर्थ तातो खानेकुरा ”टि” को अर्थ झोल हुन्छ। यहि समयमा गुँला पर्व पनि पर्छ नेवार समुदायमा जसमा एक महिनासम्म सुद्ध खाने दान गर्ने चलन पनि छ। देबराज इन्द्रलाई गुरु बृहस्पतीले रक्षबन्धन लगाई दिएर बलि राजासंगको युद्धमा बिजयी गराएको भन्ने मान्यता छ। यो पर्वमा पुरोहितहरुले यजमानको घरमा गई रक्षबन्धन लगाइदिने चलन पनि छ।

    जनै पूर्णिमामा लगाएको ताओ, डोरो अर्थात धागोलाई गाई तिहारमा गाईको बाच्छीको पुच्छारमा बाध्दा् बैतरणी तरिन्छ भन्ने लोकोक्ती छ। रक्षा बन्धन मुलत श्रवण वा भाद्र महिनामा पर्दछ। श्रवण शुक्ल पूर्णिमामा यो पर्व मनाइन्छ यसर्थ यसलाई श्रवणी पूर्णिमा पनि भनिन्छ ।

    गाउँघरतिर जनै पुर्णिमामा पहेँला अक्षता लगाउने, वर्षभर चाहिने जनै मन्तर्ने चलन छ जसमा जनै पसलबाट किनेर ऋषितपर्णीको दिनमा विहानै पुरोहितबाट सामुहिक रुपमा मन्त्रोच्चारण गरी रुद्री गरी करिव दुईघन्टा पुजा गरी, जलधारा गरेपछी मात्र बजारबाट किनेको जनै लगाउन योग्य हुन्छ। त्यहि मन्त्रोच्चारण गरेको जनै वर्षभरी देवकार्य र पितृकार्यमा दुबैमा प्रयोग गरिन्छ।

    जनै किन्न जनैपुर्णिमाको समयमा मात्र बजारमा पाइन्छ। मन्त्र उच्चारण नगरेको जनै सुद्ध हुदैन। उक्त जनै सहित ताओ समेतलाई पुजा गरी मन्त्रोच्चारण गरेपछी पुरोहितहरुबाट यजमानको घर घर पुगेर जनै फेर्न लगाई मात्र ताओ लगाई दिने चलन छ यजमानले ताओ लगाई सकेपछी पुरोहितलाई जनै सहित दान दक्षिणा गर्ने चलन छ। त्यसपछी मात्र अन्य इष्टमित्र लाई घरका मुलिले ताओ लगाई दिन मिल्छ। उक्त दिनमा ज्वाई र भानिजको हातबाट ताओ बाधिन्छ र उनिहरुलाई दक्षिणा दिइन्छ साथै ब्रतबन्ध गरेका ज्वाई भान्जालाई जनै सहित दक्षिणा दिइन्छ। जनै पुर्णिमामा बच्चाहरु मामाघर जाने विवाहितहरु ससुराली जाने गरिन्छ। 

    गाउँघरतिर जनै पुर्णिमालाई छोरा मानीसको चाड, कतै कतै र तिज पनि भनिन्छ जसमा ब्राम्हणहरुले जनैर ताओ लगाउने दिनको अघिल्लो दिन पत्रित्र नदि, तलाउ र कुन्डमा नुहाउने सुद्ध भोजन गर्ने र भोलीपल्ट अर्थात जनै पुर्णिमाको दिन नुवाई धुवाई गरी जनै मन्तरेर पुरोहितबाट दाहिने हातमा ताओ लगाई पहेलो टिका लगाई दक्षिणा दिई नयाँ जनै फेरी ज्वाई र भान्जालाई पुजी दान दक्षिणा गरी स्वादिष्ट भोजन गराई मात्र आफु तथा परिवारले भोजन गरिन्छ। ताओ लगाई रमाउने चलन छ। ताओलाई कतै धागो भन्ने पनि चलन छ। बच्चाहरुले घरमा आएका पुरोहित ज्वाई र भान्जाबाट विभिन्न रंगका राता पहेँला ताओ लगाएर कति वटामा भए कसका धेरै ताओ भनेर देखाउने हात देखाउने गर्दछन। गाउँमा जनै मन्तर्ने बेला निकै रमाइलो हुन्छ। सहरमा त टोलमा पुरोहितको घरमा बिस तिस घरका मात्र जनै मन्त्ररिन्छ तर गाउँमा सबै गाउँले भेला भएर सार्वजनिक कुवा, धारा तथा खोला तलाउमा जनै मन्त्रोच्चारण गरी सुद्ध पारिन्छ। समुहमा सबै घरघरबाट जर्नै ल्याउदा जनैको रास नै हुन्छ। 

    करिब २ घन्टा लगाएर जनै सुद्ध गरिन्छ त्यसपछी कस कसको जनै हो भनेर जनैको धनीलाई बोलाइन्छ जर्नैको रासमा जनै नहराओस भनेर जनैवालाले आआफ्नो चिन्ह राख्ने चलन छ। कसैले चमचा, कसैले फुल, कसैले केरा, कसैले किला, कसैले पैसा राख्छन पुरोहितले बोलाएर जनै जिम्मा लगाउने चलन छ। त सहरमा यो सबै सम्भव छैन। जनै लिए पछी तत्कालै सोहि स्थानमा पुरोहितबाट जनै फेरेर ताओ बाध्ने गरिन्छ ।त्यसो गर्दा समयको बचत पनि हुन्छ। यो चाड बुद्धमार्गीहरुमा पनि लोकप्रिय छ। बहाल तथा विहारहरुमा रहेका दिपन्कर बुद्ध तथा अन्य मुर्तिलाई शहरका बिभिन्न स्थानमा दर्शनका लागि परिक्रमा गराईन्छ। साथै तराईका जिल्ला र शहरमा पनि जसमा दिदिबहिनीले दाजुभाईलाई राखी लगाउने गरिन्छ यो पर्वमा विभिन्न तिर्थस्थलहरु जनकपुर,गंगासागर,गोसाइकुन्ड,पशुपती,स्वयम्भु, कुम्भेश्वर, सोलुखुम्वु, दुधकुन्ड,हलेसी,जुम्ला नगरकोट र त्रिबेणीधाममा मेला लाग्छ।

    गोसाईकुन्डमा मेला भर्न जाने चलन विद्यमान छ। साथै ऋषितपर्णी भएकोले अत्रि, कश्यप,भारद्धाज,अरुणधात्री, विश्वामित्र,गौतम,जमादग्नि आदि ऋषीहरुको पुजा गरिन्छ। अक्सर जनै पुर्णिमाको भालीपल्ट गाईजात्रा पर्छ। जसमा यो वर्ष परलोक भएका पितृहरुको सम्झनामा गाईजात्रा निकालिन्छ। तसर्थ यो पर्वमा धेरै चाडहरु संगै जोडिएर आएकाले धार्मिक महत्व छ। राजा प्रताप मल्लको समयदेखी गाईजात्रा सुरु भएको मानीन्छ। गाई लाई सिंगारेर र अन्य मुकुन्डो लगाएका युवायुवतीहरु अनुहारमा बिभिन्न आकृती बनाएर शहर परिक्रमा गराइन्छ। छिमेकीबाट उक्त गाईजात्रामा सहभागिहरुलाई टिका लगाएर प्रसाद दिने चलन छ।

    जनै पुर्णिमालाई सरकारले खासै महत्व दिएको देखिन्न तर यो चाडको महत्व बिशेषता आफनै किसिमको छ यो कृषकको चाड पनि मान्न सकिन्छ जसमा पानी कृषिको अभिन्न अंग भएकाले भ्यागुतालाई पुजा गर्ने चलन रहेको छ। यसमा अर्को पक्ष तागाधारीहरुको संख्या कम हुन पनि हो। आधुनिकता संगै मानिसले जनै लगाउन छाडे गायत्री बिर्से जनै लाई शरिर कन्याउन काम लाग्छ भन्ने युवाहरुको सोच भनाईले आफनै देश परम्परा संस्कृती मास्ने बिदेशी नक्कल गने सोच हो तसर्थ नेपालमा परम्परागत रुपमा जुन जात बर्ग समाज समुदाय बिशेषले मनाउने पर्ब भएपनि जर्गेना गरौ पहिचान राखौ नेपाली नेपाली बिच सदभाव राख्योै।