मंगलबार, श्रावण १२ गते २०८३
images
images

श्रीकृष्ण जन्मष्टमीदेखि ऋषिपञ्चमीसम्म नारीमाथि गालीको बर्षा!

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 1.2K
    SHARES
  • श्रीकृष्ण जन्मष्टमीदेखि ऋषिपञ्चमीसम्म नारीमाथि गालीको बर्षा!

    हरितालिका, तिज, ऋषीपञ्चमी जेसुकै नाम दिएता पनि तिज महिलाहरुका लागि महान पर्व हो। जसमा घरपरिवारका सबै महिला पुरुषहरु रमाइलो गर्दछन्। यो चाडमा मुलत महिलाहरु पुरुषको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै ब्रत बस्दछन्। ब्रतको प्रारम्भ हुनु भन्दा अघिल्ला दिन तथा पछिल्ला दिनहरुमा मिठा मिठा पकवान बनाएर परिवारमा रमाइलो गर्दछन्।

    images

    यो पर्वमा महिलाको सौभाग्य, मासिक श्राबको दोष, ऋषीको पुजा, गणेशको आरधना, शिवको आरधना, श्रीमानको सुस्वास्थ्यको कामना गरिन्छ। नेपालमा कृष्णजन्मष्टमी देखीनै महिलाहरु तिजको लागी तयार भै समुदाय, परिवार, टोल, छिमेकमा भेला भई रमाइलो गर्दछन् जसबाट पुरुष बृतमा सर्वत्र नकारात्मकता भेटिन्छ यहि विषयलाई उठाएर सिंगो पर्वलाई अनेक लान्छना लगाउ छन्।

    ऋषीपन्चमीका पाँच दिन बिशेष गरेर मनाईन्छ। सुरुवातको दिन कुसे औशी अर्थात बाबु खुवाउने दिन पर्दछ। तिजमा विवाहित महिलाहरु माईत जाने चलन छ। बच्चाहरु पनि मामाघर जान्छन्। द्धितिया तिथीमा दर खाने चलन छ। लामो समय व्रत बस्नुपर्ने भएकाले परेवा तिथीमा राती महिलाहरुले मिठा मिठा खानेकुरा पकाएर श्रीमान तथा परिवारका सदस्यहरुलाई खुवाउने तथा आफु पनि खाने प्रचलन छ। दरमा मुलत दुध, घिउ, दहिका साथ हरिया मौसमी तरकारीहरुः गाभा, कर्कलो, करेला, घिरौला, चिचिन्डो, काक्रो, मुलत समाबेस गरिन्छ। पछिल्ला दिनहरुमा मासु पनि समाबेस भएर आयो तर भोली व्रत बस्ने भएपछि मासु खानु किन्चित ठिक होईन भन्ने मत पनि छ किनकी मासं जस्तो गह्रौ खाना पच्न २४ घन्टा बढि समय लाग्छ। आजकल पनिर पनि खाने गर्दछन्।

    images

    पछिल्ला समयमा मिठाईहरुः जेरी, पेडा, रसबरी ,लालमोहनको फेसन आयो तर पहिला पहिला यो चलन थिएन । राता सारी, गहना, चुरा, पोते, सौभाग्यका साथमा, बेदनाका स्वर तथा आवाजहरु, सासु, घर, परिवार, स्वामी, समाज, महिलाको दुःख विषयहरु चित्रण गरी गित बनाईन्थ्यो। मुलतः दर, ब्रत, माइतीघर, ऋषी गणेशको पुजा, दतिवन खाने, मासिक दोष मेटाउने, क्षमा पुजा गर्ने चलन तिजको बिशेषता हो। व्यापारी र व्यवसायीले यस पर्वलाई कमाउने धेयले अन्यत्रतर्फ मोडेको पाइन्छ यसमा आधुनिकता र तडकभडक जस्तो कुराले प्रबेस पाएको छ। यसमा भावना, प्रेम, मातृत्व भातृत्व बेदना, पतिव्रता, दिघार्यु, सौभाग्य जस्ता विषयहरु पनि छन जुन गौण बन्दैछन्। यस पर्वलाई महिलालाई सराप गर्ने पर्व बनाइदैछ।

    हाम्रा चाडपर्वमा अनेकन बिकृती भित्र्याएर अतिक्रमण भैरहेको छ। यसमा पुरुषको भुमिका पनि छ जुन द्धैध चरित्रका छन्। महिला अधिकारकर्मिहरु रजश्वलालाई बार्नु ,सुद्ध हुनु, छोई छिटो गर्नुलाई महिला हिंसा भन्दछन् तर स्वास्थ्यको दृष्टिकोणबाट अलग बस्नु, कामबाट आराम लिनु, सरसफाईमा ध्यान दिनु अन्यथा होईन। आफ्नो सभ्यतालाई बेकामी मान्नु र पश्चिमा जिवन सैलीको अव्वल ठान्नु लघुताभासको पराकाष्टा हो। हाम्रा संस्कार, पर्व, धर्म, संस्कृती, आयाम र व्यवहारमा बैज्ञानिकता छ तर त्यो बुझ्न संकिर्णता त्यागेर, स्वच्छ चित्त मनले गहन अध्ययन गर्नुपर्छ। द्धितियाको दिन अर्थात परेवाको भोलीपल्ट कठोर निराहार व्रत बस्ने भएका अघिल्लो दिन राती नै उठेर खानेलाई दर भन्ने गरिएकोमा अहिले तिजभर नै दर खाने, भेटघाट गर्ने, रमाइलो गर्ने कार्यलाई नै दर खाने भनिन्छ।

    निराहार व्रत भएको भोलीपल्ट तृतियामा मिठो खाने र रमाइलो गर्ने गरिन्छ। गणेश चर्तुथीको दिनमा गणेशको पुजा गर्ने, अविवाहि महिलाले रजश्वला दोष मेटाउने, पुजा, प्रार्थना, ध्यान, पण्डितलाई सिदा दान गर्ने चलन छ। मन्दिर, सार्वजनिक स्थल, देवालय,चौतारा, पँधेरो, पाटि, पौवामा अविवाहित नारी भेला भएर पण्डितबाट सामुहिक पुजा गर्दछन्। यो पर्वमा अविवाहितले राम्रो असल पती पाउन र विवाहितले पतीको सौभाग्यका लागि मनाउने पर्वमा पुरुषहरुबाट नै महिलालाई महिनौदेखि तिज मनाएको बिकृती भित्र्याएको, उत्ताउलो व्यवहार गरेको, खर्चालु भएको, छाडापना देखाएको, भडकिलो भएको, अश्लिल गित गाएको, अर्धनग्न भएर नाचेको आदि कुराहरु आएकाले तिजलाई बिकृतीसंग जोडेर उपहास गर्ने गरिन्छ ।

    पुरुषका, शासुका, महिलाका, समाजका नेताका, बिकृतीबिरुद्ध गित मार्फत छेड्ने र उछाल्ने गरेकाले पनि पुरुषहरु यो चाडलाई बिकृती नै मान्दछन तर यो पर्वका अनेकन महत्व छन जसमा आफ्ना उमुसमुकुस, बेदना, दुःख, पिडा, तडपाई र भोगाईलाई गित मार्फत बाहिर पस्कदा महिलामा आनन्द, मन शान्त, सान्त्वना मिल्दछ जसबाट महिलाहरुमा आनन्द मिल्छ र हरेक बर्षमा ५ दिन भएपनि स्वतन्त्र भएर, स्फुर्त भेला भएर आफ्ना पिर बेदना भावनालाई उजागर गर्दा महिलाहरुमा आनन्द तथा शान्ती मिल्छ। आखिर महिलाले उठाएका सवाल तथा गाएका गितहरु किमार्थ झटा भने होईनन सत्य नै हुन्। करेलिको अचार, धुर्सेलीको पातमा बाहुनले रक्सी खाने मध्यरातमा, स्वामीज्युले भन्नुभयो पानीलाई वाटर मैले भने नजानेर दिए काँचो कटर, एक हातमा किताब अर्को हातमा रेडियो बज्यै उठ दैलो पोत, पढन हिडियो, तिजका बेलीमा बहिनी लिन जाँदा, अँधेरी खोलाले लग्यो बरिलै, छ कि परान भनेर सिरमा पानी छर्केर, छैन परान भनेर लगे बोकेर भन्ने जस्ता गित गाउँथ्ये।

    आजकलका गितमा न मिठास छ त न व्यङ्ग नै छ भने केवल तडक भडक छ। मोडलहरु नचाएर भिडियो बनाइन्छ यसको अर्थ मोडल नचाउनु गलत भन्ने होईन तर धार्मिक परम्परागत गितमा मोडलको भुमिका कम हुन्छ। तिजका गितहरु पनि आधुनिक गित जस्ता छन हुन त देशका पुर्व, पश्चिम मध्यभागमा गितको भाखा, लय, स्वर र गित फरक फरक नै छन गितमा लोक भाखा छैन। यद्यपी गितमा कुनै खासै मिठास छैन न त घोचपेच नै छ। भद्धा मजाक गरिएका गितमा मोडलहरुलाई नचाएर तिजका गित गाएको भेटिन्छ। गितमा सुन्न नसकिने खालका छाडा, फोहरी, अश्लिल शण्दहरु प्रयोग गरिन्छ। साथै तिजका गाउँघरमा तडकभडक नभएपनि शहरमा तडकभडक गरगहनाको रबाफ, भड्काव सारी तथा सिंगारको प्रतिस्पर्धा देखिन्छ। तिजमा शहरमा रहेका युवायुवतीहरुले मदिरा तथा वियर सेवन गर्ने, फोटो फेसबुकमा राख्ने गरिन्छ यस्ता कृयाकलापबाट पनि तिजलाई बदमान गरिएको हो। तिजलाई हरितालिका पनि भनिन्छ।

    जसमा पौराणिक कालमा भगवान सिवजीलाई श्रीमान पाउँ भनि पार्वतीले ब्रत गरेको तर हिमालय पर्वतबाट बिष्णुलाई कन्दादान गर्ने कुरा पार्वतीले साथीहरुलाई भनेपनि साथीहरुले पार्वतीलाई भगाएको मान्यता छ। यसलाई जोडेर हरण गरिएको भन्ने विषयले यो पर्वलाई हरितालिका पर्व भनेर मनाईन्छ। यो पर्वले श्रीमान र श्रीमतीको सम्वन्ध प्रगाढ हुनुपर्छ भन्ने सन्देश पनि दिएको पाइन्छ। तिजमा व्रतको भोलीपल्ट पबित्र नदिमा स्नान गरेर सुद्ध आहार खाइन्छ। तिजको समयमा पाँच दिनसम्म लगातार पानी पर्ने, खोला बढ्ने, घरमाइत जान कठिन हुने पहलिाको समयको बारेमा उक्त विषयहरु समावेस गरेर गित बनाइन्थ्यो तर आजकल सुबिधा भएकाले यस्ता विषयहरु गितमा राखिदैन। आजकलका गितहरुमा श्रीमान बिदेशमा गएका, डिभी परेको, फेसबुक, टिकटक, भाइरल, पठाउ, मोमो चाउमिन बर्गर कोक रक्सि वियर लिभिङ टुगेटर, टेष्ट टय्व बेबी तेल भिसा, जस्ता बिषय आउँछन जसमा परम्परा भन्दा पनि आधुनिकता प्रष्ट हुन्छ।

    अहिलेका तिज गितहरुमा रत्यौलीका गित गाए भन्ने आरोप पनि छ। पुराना गितहरुमा हरिदेबी कोइराला, बिष्णु माझि, बिमा कुमारी दुरा, लक्ष्मि न्यौपाने ,सर्मिला गुरुङजस्ता सर्जकका गितहरु थिए अहिले पुरुष कलाकारले पनि गाउन थालेका छन्। गितहरुमा मोडल राख्ने कारण खर्चिला समेत छन्। तिजको पर्वमा काठमाडौको पशुपतीनाथ र पोखरामा रामघाटमा भव्य रमाइलो हुन्छ ब्रतालुहरु नाच गान गर्छन्। ब्रतालुहरु ब्रत धान्न हम्मेहम्मे परेर बेहोस हुने, मुर्छा पर्ने, बिरामी हुने र ब्रत तोडने पनि गर्दछन्। यो ब्रतलाई कठोर मानीन्छ। युवापुस्ता यो ब्रतलाई वाहिहात पनि मान्दछन तर ब्रत गर्ने जमात ठुलो छ बिगत तथा बर्तमान सरकारले यो पर्वमा एक दिन महिलालाई मात्र बिदा दिएर उपेक्षा गरेको छ जसमा महिलालाई आधा आकास भनिन्छ। भाद्र शुक्ल पक्षमा पर्ने यो पर्व खेत रोपी सकेर, खेत गोडमेल गर्ने बेला नभैसकेको फुर्सदिलो समयमा पर्ने यो तिज पर्व महिलाको धेरै महत्वपूर्ण चाड हो। ब्रत कै कुरा गर्दा यदाकदा श्रीमती व्रत बसेको मौका पारेर पुरुषहरु पनि ब्रत बसेको भन्ने कुरा सामाजिक सञ्जालमा आउने गरेकाछन्। यो धार्मिक मान्यता भने छैन।

    तिजका बारेमा अनेकन कथन, भनाई, सोच, प्रचलन, परम्परा पनि छन यो महिलाको चाड तथा सिबको आराधना गर्ने चाड पनि मानीन्छ। कतिपयले यसलाई स्वस्थानीको कथासंग पनि जोडछन्। सप्तऋषी पुजा गर्ने चलन पनि छ। ऋषि पन्चमीमा जौ तिलले नुहाएर सुद्ध हुनु नदि तलाउ कुवा धारामा गएर स्नान गरेपछी ३६५ वटा दतिवनका डाँठ टोकेर चपाएर मासिकश्रावको दोष मेटाउने चलन छ। चर्तुथीमा गरिने पुजालाई गाउँ तिर भुडके पुजा पनि गनिन्छ यो पुजा सामुहिक नै हुन्छ। तिजमा नखाएको घिउ चुहुँदै भुजा, दुध दहि ,नलगाएको रातो तथा गरगहना अरु कुन बेलामा लगाउने तिज नै उपयुक्त समय हो भन्ने गरिन्छ। बिदेशमा पनि नेपाली समाजले तिज होटलमा लगेर पैसा उठाएर मनाउछन्। यहाँ पनि यो चलन सुरु भएकोछ। सरकारले यहाँ पनि पार्टि प्यालेसमा तिज मनाउने कुरा तथा भडकिलो हुने समाचार सुनेर धेरै भिड गर्न रोक लगाएकोछ। ठुला परिवार, बगाल तथा इष्टमित्रको लहरो ठुलो हुनेले समय मिलाउन बाहिरका पाहुनालाई अगाडि नै बोलाउने नितान्त घर परिबारलाई तिजको ३ दिन भित्र बोलाएर खुवाउने गरिन्छ। यसो गर्ने भएकाले मानीसले महिनौदेखि तिज मनाएर बिकृती गरे भन्ने आरोप समेत खेप्नु परेकोछ। हुन् त तिहारमा पुरुषले तिहार यमपंचक सुरु भएदेखि नै ठुला एकादशीसम्म जुवा खेल्ने कौडा हान्ने चलन छ यसलाई समाजले पचेकोछ।

    तिजमा दाजु, भाई, बुबा, आमाले बिबाहित तथा अविवाहित सबै महिला तथा बालिकहरुलाई नयाँ लुगा साडि ,चोलो, चुरा, पोते, गहना समेत दिने चलन छ यो क्षमता अनुसार गरिन्छ। तिजलाई महिलाको चाड भनिएपनि मोज मस्ती, मोज भतेर, मिस्टाङ खान पाउने पुरुषले नै हो। मुस्किलले पुरुषले एक दिन महिलाको व्रत परेको तिथी द्धितीयामा आफै खाना पकाउनु पर्ने हुन पनि सक्छ किनकी आजकल एकल परिवारको भुत चढको छ। हुन त ससुरालीमा नै श्रीमतीसंग गएर तिजभर उतै बस्ने पनि चलन चलिसक्यो तर पुरुषहरु तिजमा ससुराली जान लजाउछन तर पनि एकल परिवार बच्चाको स्याहारसुसार आदि कारणले यो क्रम सुरु भैसक्यो। रिवाज, चलन, परम्परा, धर्म, सस्कृती, चाड पर्वलाई समय अनुकुल नगर्ने नढाल्ने हो भने लोप हुन्छन तसर्थ पार्टि प्यालेसको तिजलाई पनि सहज मान्नुपर्छ। टुडिखेल बाहेक अन्य स्थानमा सार्वजनिक स्थल नभएपछी धेरै मानीस अटाउनका लागि पार्टि प्यालेस बाहेक अन्य बिकल्प रहेन। घरमा गर्न सम्भव भएन। अर्कोतर्फ वर्षमा एकदिन नेपाल टेलिभिजनले तिजको गित बजाउँछ। अन्य दिन बजाउदैन। यो चाड सबैबाट अपहेलित भएको र अपव्याख्यामा परेको छ सबै पर्वलाई यस्तै रुपमा लगिदैछ यो हाम्रो सभ्यताको लागि चुनौती हो।

    फजुल खर्च, तडकभडक बाहेक शालिन सभ्य चाड मनाउनु जिवनको जिउने र रमाउने कला हो दिर्घ जिवनको मन्त्र हो सुस्वास्थ्यको औषधी हो। एक खुसी महिला सिंगो देश घर परिवारको सम्पती हो। तिजलाई अन्यथा नलिउ। बरु सुधार गरी सभ्य र भव्य रुपमा मनाउन आमा दिदि बहिनी श्रीमती सबैमा सहयोग गरौं। धेरै अतिबादी तथा पुरातन पुरुषबाट तिजको टिकाटिपणी गरेको पाइन्छ। जुन संकिर्णताको सोच हो। ३६५ दिन नै भोज र मोजमा रमाउने पुरुषले महिलाको ५ दिने चाडलाई घोचपेच गर्नु, बिरोध गर्ने पुरुषबादी स्वार्थि सोच हो यसमा शिक्षीत पुरुषबाट सहयोग र सदभाव बान्छनिय छ। एकाध स्थानमा एकाध महिलाले बियर बाइन खाए भनेर यो पर्वलाई हेलाको दृष्टीले हेर्नु आरोप र प्रत्यारोप गर्नु गलत हो। फेरी महिलालाई वाइन, वियर खान उक्साउने सिकाउने समाजका यिनै पुरुष नै हुन्। महिलाहरु स्वच्छन्द भएर पर्व मनाउदाँ पिडा हुने सोचले मुलुकको बिकास एक रथका दुई पाङग्रा मान्ने सोच कहाँ पुग्छ पुनराबलोकन गर्न आवश्यक छ। केहि दिन अघि एउटा निजि बैकमा जादाँ महिलाहरु सारीमा सजिएका रहेछन् त्यो दिन उनिहरुको तिज कार्यक्रम रहेछ सायद खाजा समयको बेलामा होला उनिहरु सजिएर आएका र तिजको माहौलमा थिए।

    दुईचार जना बयस्कले निकै असन्तुष्टि तथा कटाक्ष गरे म पालो आउन अलिक समय लाग्ने र कर्मचारी कम भएको देखेर अर्को नजिकैको शाखा गएर काम चलाए यो त उदाहरण मात्र हो। सबैतिर महिलाको रमाइलो खुसि उमंग तथा उत्साहमा पुरुषको टाउको दुखाई छ। यो देख्दा ति टाउको दुखाउने पुरुषहरु आमाबाटै जन्मेका हुन या आकासबाट खसेका हुन सोध्न मन लाग्यो। हुन त परिबर्तन हुन ,समाजले गति लिन समय लाग्छ पनि तर शहरमा जाने बुझेका दुई चार अक्षर चिनेका, कमाएका, बुझेका मानीसले त्यस्तो व्यवहार देखाउछन भने गाउँमा कति के हाल होला समिक्षा गरौं। जहाँ नारिको सम्मान्न हुन्छ त्यहा देबताको बास हुन्छ यो नर्बिसौ चाड मनाउ बिकृती हटाउ एक अर्को सहयोग सदभाव राखौ तिज पर्वको महिमा लाई नभुलौ धर्म संस्कृती जोगाउ महिलाप्रति कटाक्ष नगरौ सम्मान इज्जत गरौ उनिहरुको हौशला जोश जाँगर बढाउन हातमा हात मिलाउ। 

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई