अर्जुन मोहन भट्टराई// छोरीले सोधि भोलि के को बिदा हो ? म के भन्यौ, छोरीलाई किन कसरी बिदा संविधान दिवसको संबिधान भनेको के हो कसरी बुझाउँ प्रष्ट देखिने केहि छैन। छोरी प्रश्नमा मेरो उत्तर छ। सबैभन्दा ठुलो कानुन जहाँ प्रधानमन्त्रीलाई पनि कानुन लाग्छ। २०१९, २०४७, २०७२ को संविधान हामीले भोग्यौं, देख्यौ, सुन्यौ, पायौ। संबिधान अमुर्त कुरा होईन। डा.अम्बेडकरले भने झैं संविधानको दुरुपयोग भयो भने म सुरुमा जलाउछु यो भनाई महत्वपूर्ण छ। बोल्नु र गर्नु फरक कुरा हो राजा संविधानमाथि, राजा संबिधान मुनी र गणतन्त्र अर्थात सबै नागरिक संविधान मुनी यी तीनवटै व्यवस्था हामीले भोग्यौं। संविधानले भनेकै भाषामा अनुभुती भएन।
२०१९को संविधानको मातहतमा क्रान्तीकारी भुमिसुधार, बालिग मताधिकारको आधारमा निर्वाचन, सार्वजनिक संस्थान, लोक कल्याणकारी राज्य, जनमत संग्रह आयो। २०४७ को संविधान अनुसार खुलाबजार अर्थतन्त्र, उदारबाद, निजिकरण, बहुदलिय व्यवस्था, मानबाधिकार जस्ता विषयहरु आए। २०७२को सविंधानमा लोकतन्त्र, गणतन्त्र, संघियता आयो आखिर मुलुकले के पायो? संघियताले खर्च बढयो। देशलाई घाटा, नेताका आफन्ती मन्त्री बने संविधानको फाईदा यो हो। बोल्न पहिला पनि पाईन्थ्यो, पत्रिका पहिला पनि निस्कन्थ्ये। पहिला राजा थिए। अहिले राष्ट्रपती छन पहिला राजाले जे जे गर्दथ्ये अहिले राष्ट्रपतीले त्यहि गर्छन। नाम, पद, निवास, आवरण लोगो, फेरियो। मन, तन,सोच, सिद्धान्त, बिचार, चेतना फेरिएन ठुला भन्नेहरु नै बाटो देखाउनेहरु लोकतन्त्र ल्याउने हरु पैसामा बिके सावा व्याज उठाउन लागे अति नै विग्री। फरक के छ त। यो लोकतन्त्रमा केहि त छ तर हामीले सोचेको, कल्पेको केहि पनि छैन हुन्न किन ? हामी नै खराब हो। एउटै मानिसलाई चार पाँच पटक जिताउन संविधानले भनेको छैन हाम्रै करतुत हो।
बिरोध गर्न संविधानले अधिकार दिएको छ तर हामी बोल्दैनौ। किनकी हामीलाई आफनो लागि बोल्न गर्न फुर्सद छैन। कि त पैसा कमाउन लागेका छौ। कि त पेट पाल्न कुदेका छौ। नालायकलाई पटक पटक यो पार्टि, उ पार्टिका नाउमा देश जिम्मा लगाएका छौ उनिहरु आउँछन लुटछन जान्छन्। संविधानलाई आफनै बा ले लेखेको डायरी जस्तो गर्छन। बर्टाछन, बङग्याउछन, दुनो सोझयाउछन्। आफु खुसी व्याख्या गर्छन। तैपनि हामी चुप छौ किन-की हामीलाई लोकतन्त्र बढि भयो या चहिन्न या महत्व बुझेकाछैनौ। १४औं सताव्दीमा आएको संविधान सव्द ल्याटिन भाषाबाट आएको हो जसको अर्थ कानुनको स्थापना गर्नु भन्ने बुझिन्छ। युरोपमा लिखित संविधान अठारौ सताव्दीमा फ्राँन्सबाट सुरु भयो। पहिलो लिखित संविधान अमेरिकाले १७८७ मा जारी गरयो। अलिखित संविधानको प्रारम्भ बेलायतबाट भयो।
जेन एफ केनेडीको अनुसार प्रजातन्त्रमा एक मतदातालाई पनि नकार्नुले सबैको सुरक्षालाई कमजोर बनाउछ। यो भनाईले अहिले नेपालमा भैरहेको संविधानको गलत अभ्यास र उपव्याख्यालाई बुझाउछ। जसमा अदालत पनि दोषी छ। संविधानको व्याख्या गर्ने अदालत बढि मात्रामा राजनितीबाट प्रभावित देखिन्छ। जुनसुकै जेसुकै प्रधानमन्त्रीले गरे पनि गलत गलत नै हो यो विषयमा संविधानलाई स्वार्थसंग जोडिएकोछ। संविधान, समाधान, व्यवधान, विधान जे भएपनि चाहिने धान नै हो। संविधानमा समाजबाद छ। समाजबादमा स्वास्थ्य र शिक्षा छ तर गरिवको छोराछोरीले न पढन पाउँछन न त दवाई उपचार गर्न। संविधानको व्यवस्था कहाँ गयो यो संविधान दिवश मात्र मनाउने कि केहि गर्ने पनि। डेढ सय पेजको संविधानमा सबै कुरा अटाउन्न। स्वास्थ्य, शिक्षाको जनताको अधिकार भन्यो। अव कानुन बनाउन परयो। कानुन बनाउने मान्छे छान्न मासु भात खाएर, पैसा लिएर, भोट बेचेर छान्छौ। अनि कानुन कसरी बन्छ। संविधानमा त छ तर अर्को कानुन खोई। बनाउने मान्छे बदमास छन्। संसद बनाएर पठायो कोही निदाउछन, कोही कुर्चि भाच्ँछन, कोही पासपोर्ट बेच्छन, कोही बैठक मै नगई भत्ता बुझ्छन्। हाम्रो कैफियत छ दोष छ बिराम छ । व्यवस्था कुनै आफै ठिक र बेठिक होईन सबैभन्दा पहिले हामी नै ठिक बन्नुपर्छ सबै ठिक हुन्छ।
संविधान बनाउनेहरु संविधानमा प्वाल पार्न अहोरात्र खटेकाछन् दुनियाले देखेकोछ युवा जति खाडि पुगेका छन्, बृद्ध अपाङ्ग बिरामी बच्चा मात्र गाउँमा छन लास उठाउने मान्छे छैन संविधानले यहि खोजेको रोजेको हो। संविधान बनाउने र जारी गर्ने केहिले मृत्युवरण गरे कोही बाँकी छन् तर संविधानले मन्त्री प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री, मन्त्री, प्रदेश मन्त्री, सभामुख बनाउने दुनियालाई फेरि फेरि पटकपटक एकै मान्छेलाई छानी छानी जागिर दिने काम गरयो।
बिरोध गर्यो दुई वटा उत्तर आउछ। कि यो प्रतिकृयाबादी राजाबादी हो या यो परिवर्तन नबुझेको मान्छे, परिवर्तन नचाहाने मान्छे। देशमा धेरै काम भएको छ जनताको छोरोछोरी राष्ट्रपति बनेको छ। संविधानले चाहेको यति मात्र होकी अरु पनि जनताको चुलो हलो, कोदालो, मल बिउ, सडक, बत्ती, बाटो, धारा, टेलिफोन खोई बेखवर छ।
मुख्यमन्त्री राख्न आलिसान फाइस्टार महल बनेकाछन। कान्ड छन्: सुन कान्ड ललितानिबास जग्गा कान्ड, ओम्नी कान्ड, धमिजा कान्ड, बाइडबडि, यती, भुटानी सरणर्थि कान्ड संविधानको प्रेम्वल अर्थात प्रस्तावनामा के छ सरकार पार्टि प्रम नेताले जे गरयो, बोल्यो त्यहि संविधान हो। कानुनी राज्य कहाँ छ। सरकारले फौज्दारी अपराधका अदालतले दोषी भनेका दोषीलाई भकाभक राष्ट्रपतीबाट लालमोहर लगाएर छुटाउछ यहि हो संबिधान कार्यान्वयन।
एउटै देशमा दुई कानुन छ। गरिवलाई ऐन धनीलाई चैन, संविधानको परिकल्पना यहि हो? संविधान सरकारी सार्वजनिक चौर, भवन, जग्गा, सम्पति, आफन्तलाई ठेक्का लगाउन, कुस्त कमाउन, कोैडीमा बेच्न भाडा लगाउन कानुन मिच्न सहज बनाउन कानुन मिच्न आएको हो। संविधान जोगाउन हामी आफै जुटौ दलको भरिया नबनौ दल रोज्न सकिन्छ तर दललाई प्रयोग गरेर संविधानलाई मिच पाइन्न देश जोगाउन संविधान जोगाउ देश बनाउन सुरुमा आफनो अधिकार कर्तव्य जानौ बुझौ। संविधान दिवश सार्थक बनाउन सादगी अनुशासित नैतिकबान चरित्रबान बनौ। संविधान बनाउनेहरुबाट मिचिएको संबिधानको रक्षार्थ खटौ जुटौ उठौ दलिय स्वार्थ बाट माथी उठौ अधिकार जोगाउ।



