मंगलबार, श्रावण १२ गते २०८३
images
images

ठुलो घरको सपना !

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 1.2K
    SHARES
  • ठुलो घरको सपना !

    सपना सबैले देख्छन् तर ठुलो घरको सपना कमै मानिसले देख्छन्। किनकी “ठुलो घरमा बसेपछि थुक्न पनि बिचार गरेर थुक्नुपर्छ” भन्नुहुन्थ्यो एकजना बुबाले। उहाँ बितेर जानुभयो तर उहाँको भनाई आज पनि याद आउँछ।

    images

    बिपीले भनेझै सानो घर होस, औषधी मुलो गर्ने पैसा होस, बच्चालाई पालन पोषण गर्ने खेतबारी होस यो भनाईले पनि घरमा जोड दिएको छ घर, बास, छाप्रो, झुप्रो, कुटि, भिल्ला, बङ्गला, अपार्टमेन्ट,हाउजिङ्ग जे भने पनि आखिर ओत लाग्ने ठाउँ हो। तर, मानिसहरु किन घर, घर, स्थायी ठेगाना, भनेर मरिहत्ते गर्छन्। के घर नहुनेहरुको यहाँ अस्तित्वनै छैनरु घर बनाउने भन्नेवित्तिकै धेरै झन्झटिलो छ? हुन् त घर बनाउदाँका वर्ष र बिहे गर्दाको वर्ष मुस्किल हुन्छ भन्ने भनाई छ। 

    घरमा के छ त्यस्तो जसका लागि मानिस मरिहत्ते गर्छन मामुली बैंकमा खाता खोल्न बिजुलि र पानीको विल चाहिन्छ। काठमाडौंमा करिव एक लाख ८० हजार र सिंगो नेपालमा ६६ लाख घर छन भन्ने तथ्याङ्कले देखाउछ। जनसंख्याको आधारमा पनि काठमाडौंमा घर बढेका बढ्यै छन जुन राम्रो लक्षण होईन। घर त्यो हो, जहाँ भावना, मन, आत्मा, मुटु रहेको हुन्छ। जहाँ माया, प्रेम, ममता, स्नेह हुन्छ। घर भौतिक स्वरुप भएपनि त्यसमा आध्यात्म छ। 

    images

    घर घर जस्तो हुन पिलर, रंग, कोठा झ्याल, ढोका, छत, बरन्डा, कौसी, बगौँचा, गेट होईन यो त भौतिक स्वरुप हो घर त मन, मुटु, माया र ममताले ओतप्रोत घरभित्र प्रवेश गर्नासाथ आनन्द, स्फुर्ति, ताकत आउने हुनुपर्छ जहाँ परिवारका सदस्यहरु बिच आत्मियता छ। परिवार बस्ने विल्डीङ्गलाई घर भनिन्छ। हामी विल्डीङ्ग भन्नासाथ ठुलो, अदभुत, बडेमान, विशाल आकारको भन्ने अर्थ लगाउछौं। तर, विल्डीङ्ग भन्नाले निर्मित या निर्माण गरिएको संरचना पनि मान्न सकिन्छ। संरचना त खर, छ्वाली, टायल, स्याउला ,पाती ,ब्रिकको पनि हुन सक्छ।

    घरका बारेमा धेरै कहावत भनाई छन्। जसमा, घर न बास ,घर भनेको परिवार हो। घर नभएका सुकुम्सीबा, घर बासको ठेकान छैन, घर न भर, घर गरेर खाने, घर भए पो पछि केहि भए समात्न सकिन्छ। भत्केको मान्छेको विग्रेका घर के को डर, घरलाई घर जस्तो बनाउन परयो, घर भएपछी जिम्मेवारी पनि बढछ। घरको न घाटको, छोरी दिदाँ घर हेर्न पर्छ, जिवनभरको कमाईले एउटा घर बनाउन सकिन्न आदि। एकजना मित्र भन्दै थिए घर नबनाई डेरामा बस्न त म काठमाडौं मरि गए पनि आउन्न पहिला घर बनाउ अनि मात्र आउँछु भन्नुहुन्छ। आमा के गर्ने घर नबनाई नहुने भयो हाम्रो सोच अचम्म छ। माथि उल्लेखित सबै भनाईमा घरलाई भौतिक संरचना नभनि घर अन्य स्वरुपमा लिइएको छ। जुन समाज, परिवार, माया, ममता, भावना, सबन्ध, स्नेह, जिम्मेवारीको कुरालाई समेत समेटिएको छ।

    घरको विषयमा मेरो मत भिन्न छ। घर हुँदैमा सबै हुन्छ। घर भनेपछि हुने खाने संस्कार, ठुला, वडा ,सम्पन्न, धनि हुन्छ भन्ने सोच पनि गलत नै हो। हुन त हाम्रा देशका एकजना पूर्व प्रमको घर नै थिएन घर नभई उहाँ परमधाम हुनुभयो। यो हेर्दा लाग्छ घर भनेको श्रीमती र सन्तान अर्थात परिवार हो। यो भनिरहँदा फेरि हुने खाने परिवारका सन्तानले बृद्ध बुबा आमालाई लगेर पशुपतिको बृद्धाश्रममा राखेकाहरुलाई हेर्दा घर मात्र परिवार होईन जस्तो पनि लाग्छ। आखिर घर के हो त? 

    व्यापारिलाई सोध्यो भने “घर किन चाहियो, घर किन्ने र बनाउने पैसाले त व्यवसायमा लगायो भने दुईगुना तीनगुना हुन्छ” भन्ने उत्तर आउछ। कुन्ड कुन्ड पानी मुन्ड मुन्ड बुद्धि भनिन्छ नि सोच फरक हुन सक्छ। “ घर बनाउनेहरुकै हो घर” भन्ने दार्शनिक भनाई पनि छ। आखिर घरलाई घर बनाउन के गर्नुपर्छ त? घर हुनेहरुले संसारै जितेका हुन् त? घर नहुनेहरु मगन्ते भिखारि नै हुन त? नेपालीहरुको त जेनतेन तराई, पहाड र हिमालमा सानोतिनो घर छ। तर, अमेरिकामा नै धेरै मानिस घरबारबिहिन छन्। हामीलाई विश्वाश लाग्न गाह्रो पर्छ। पहिला पहिला घर छाउँन गरिबले खर किन्थे। गाउँभरि खरले छाएका घर थिए। घर टिनले छाए पनि कटेरो खरले छाउँथे। अहिले शौखले खर किनेर घर छाउँछन्।

    अहिलेका मन्त्री, सचिव, प्रशासक र नेतालाई घरवालाको समस्या थाहा हुँदैन। थाहा होस पनि कसरीरु जब उनिहरु समुदायमा बस्दैनन उनिहरु हाउजिङ्ग र कोलनीमा बस्छन त्यहाँ अर्कै संसार हुन्छ। समुदायमा हुने समस्या त्यहाँ हुन्न। ठुलो घर बनाउनेको मुख्य चुनौती धेरै छन जसमा मुख्य त राष्ट्रलाई चुनौती जसमा अनुत्पादक क्षेत्रमा लगानि हो। ठुलो घरका घरवालालाई हुने समस्याहरुमा प्लम्वर, इलेक्ट्रीसेन, रङ्गवाला, डकर्मी, सिकर्मी आदि। नेपालमा अपवाद बाहेक धेरै पेशाकर्मि नजान्ने, मखनि, सिप र ढंग नभएका छन् जो जानी नजानी काम लिन्छन्, बिर्गाछन्, फुटाउछन् समस्या घटाउनुको सट्टा समस्या उल्टो थपिदिन्छन्। 

    ठुलो घरका अन्य समस्याहरु पनि छन्। घाम छेक्ने, हावा छेक्ने, बोट बिरुवालाई असर, छिमेकिका छिमेकका साना घरलाई ओझेलदेखि अन्य विषय जसबाट प्रभावित पार्छन्। हुन त जनसंख्या बढि हुने ठाउँमा यो ठुलो घरले जमिन कम लाग्ला तर हामी काहाँ यस्तो छैन जमिन प्रसस्त छ। जनसंख्या पनि कमै छ। “मात्र शहरमा नेता र शासक विकास थुनेर राखेकाले जटिलता आएको हो।” नत्र हामी काहाँ जमिन मनग्ये छ। सर्वसाधारणलाई पनि पिरलो छ। घर नभए सन्तानको बिहा नै नहुने हो की, दुनियाले नपत्याउने, नगन्ने होकी, कस्तो आडम्वर छ। सबै शहरमा बसाईसराई गर्दा घर किन्न पनि त संभव छैन शहरमा नभए पनि घर त छ नि हामी सबैको गाउँमा ठुलो घर घर भनेर मरिहत्ते गर्नेलाई सोचनिय कुरा के छ भने लगानी ढुंगा माटोमा हो। घरको मूल्य घटदै जान्छ डिजाइन पुरानो हुन्छ। घर बेच्न परे मुल्य पाइन्न। घर बनाउनेहरुलाई भाडाको लोभले घर ठुलो बनाउछन्। “भाडा खाने, जागिर खाने र व्याज खानेलाई अर्थतन्त्रले अर्थिक रुपमा सक्रिय मान्दैन।” 

    घर ठुलो, मन सानो पनि भन्छन्। ठुलो घर हुनेलाई अर्कोतर्फ ठुलो घर देखेपछि सबैले रिस र डाहा गर्छन्। मर्मत संभारको चटारो, कोठा घर खालि भए पनि समस्या भाडावालाका गुनासो समस्या सुन्नुपर्ने ठुलो घर देखेपछि चन्दा माग्ने पनि धेरै आउँछन्। आफुले ऋण लिएर घर बनाएको हुन्छ। व्याज बुझाउनुपर्ने कुरा अर्को छ। ढलदेखि बल्बसम्मको चटारो छ। एकजना त मज्जाले समय दिनुपर्छ घरका लागि, अन्यथा व्यवस्थापन गर्न सकिन्न।

    “घरमा लगानी गर्दा परिवार सन्तानप्रतिको जिम्मेबारी र लगानी पनि सोचौ” बैंकको होम लोनले। ठुलो घरले घर झगडादेखि मुद्धासम्म परेका छन्। कतै ठुलो घर मर्मत सम्भार गर्न चटारो छ भने कतै ठुलो घर सबैलाई घाडो बनेको छ चाहे सरकारलाई होस या छिमेकीलाईवा परिवारलाई। कति घर वषौ देखि अलपत्र छाडेर भुत बंगला बनेको उदाहरण पनि छन्। घरले, कारले, सुटले इज्जत गर्ने समाजमा ठुलो घरको वास्तविकता जानौ बुझौं।

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई