मंगलबार, श्रावण १२ गते २०८३
images
images

भीसी समस्या : शिक्षक कि विद्यार्थी?

एक्सप्रेस पाना
पौष २५, २०८० बुधबार
  • 1.0K
    SHARES
  • भीसी समस्या : शिक्षक कि विद्यार्थी?

    सरकार राजनैतिक नियुक्ति गर्न चाहन्छ। आम जनमानस राम्रो मानिस चाहन्छन्। तर, यो बीचमा तालमेल कठिन देखिन्छ। किनभने लोभी पापीको जमात बाक्लो छ। पैसा हुनेलाई नमस्कार, नहुनेलाई तिरस्कार गर्ने हाम्रो परम्परा छ। यो रिफ्लेक्स त्रिविमा पनि छ। त्रिविको सन् २००६ देखि २०१७ सम्मको संख्या हेर्दा राम्रो छ। 

    images

    जसमा १३२७७७, १५२८६८, १३०६६२, १७१६२१, १७१५९४,१८६८८०, ११६२८०, १४३८९९, ६०४४३७, ४०५३४१, २९८९९० र ३६०२५४ देखिन्छ तर, किन त्रिवि विवादित छ? होस्टेलमा भातको पैसा तथा फी बढाउँदा प्रधानमन्त्री र मन्त्री बन्दा/हटाउँदा त्रिविलाई जति दुख्छ त्यति विद्यार्थी जागिर नपाएर बिदेसिँदा दुख्दैन र? म आफू पनि यताकता पढाउँछु। सबैले सोध्छन् सरकारी कि प्राइभेट? मानिसमा सरकारी भन्नेबित्तिकै नराम्रो र निजी भन्यो कि राम्रो भन्ने सोच छ। धान्न निजीले धानेको छ, गुणस्तर जेसुकै होस्। २०४४ ताका नेपालकै धेरै विद्यार्थी भएको कलेज पीएनमा पढ्दाको अनुभव हेर्दा राजनैतिक अर्थात् स्ववियुनै पढाइको बाधकजस्तो लाग्थ्यो। त्योबेला स्ववियुले विद्यार्थी भर्ना गर्दा ५ रुपैयाँका दरले लिन्थ्यो। दशौँ हजारौँ विद्यार्थीबाट पढ्थे पैसा राम्रै उठ्थ्यो। जुनबेला त्यहाँका विद्यार्थी नेताहरूले विद्यार्थीलाई पढ्न बाधा पुर्‍याउथे आज तिनै मन्त्रीनेता बनेका छन्।

    त्रिविमा मुख्य समस्या टिके शिक्षक पनि हुन् चाहे कांग्रेस होस या एमाले त्रिवि विगार्ने राजनिती नै हो। हुन् त नाम चलेका वरिष्ठ मानिएका प्राध्यापकहरु विद्यार्थीलाई यौन दुव्र्यबहार गर्ने देखिनु अर्को घिनलाग्दो पक्ष हो। सबैले टिके भीसी अर्थात दलिय खेताला भिसी समस्या मान्छन तर केदार भक्त जस्ता पनि थिए सबै दलका मान्छे खराव भन्न मिल्दैन।

    images

    त्रिविमा रहेका अपराधि कर्मचारिको झुन्ड भीसी असफल बनाउने अर्को घटक हो। खर्वौ सम्पति भएको त्रिवीमा पैसा समस्या होईन समस्या त त्रिविमा तलव खाने, त्रिविबाट विदेश पढन जाने, त्रिवि बेचेर बिद्धान बन्ने तर त्रिविमा आफनो पिरियड नलिने तर शहरका ठुला भनाउँदा स्कुल कलेजमा व्यानरमा झुन्डीने तलव खाने, स्कुल कलेजको व्यवसाय गर्ने त्रिविलाई सकाउन यत्न गर्ने बेइमान प्राध्यापकहरु मूख्य समस्या हुन्।

    हुन् त मल्टिप्लाएर इफेक्ट भनेर कमाउने धनि बन्ने प्रयासमा रोक्न मिल्दैन तर त्रिवि मा पढेर त्रिविमा शिक्षक बनेर त्रिवि प्वाल पार्ने प्राध्यापक नै हुन यो नुुनको सोझो समेत नगर्ने बाट कसरी कस्तो ज्ञान विद्यार्थीमा छर्लान र ति विद्यार्थी भविष्यामा कस्तो बन्लान यिनीहरु त्रिवि सकाउन लागिरहेकाछन अर्को प्राध्यापकहरु जो दलका खेताला हुन दलका लाउकेका दैलादैला चाहारेर त्रिविको तलब लिने पार्टिको काम गर्ने गर्दछन्।

    शैक्षिक क्षेत्र सबैभन्दा बढि बेइमानहरुको जमात भएको क्षेत्र हो जसबाट के अपेक्षा गर्ने यसका साथै नेपालको कर्मचारीतन्त्र सबैभन्दा स्वार्थि छ। स्वार्थको लागि जेपनि गर्छ त्यसको सिकार त्रिवि पनि बनेको छ। पिएन, त्रिवि केन्द्रीय क्याम्पस, त्रिचन्द्र र ताहाचल चार ठाउँमा अध्ययन गर्दा त्रिविका आगिंक कलेजमा राजनिती भर्तिकेन्द्र युनियनको बिगबिगी, उदण्ड, रुखा, अभद्र विद्यार्थी अमैत्री कर्मचारी छन्। 

    एकथरी शिक्षकहरु त्रिविको साधन श्रोतलाई मास्ने र मास्ने कुरामा नेतालाई सिकाउने पजनी गराउनेमा पनि लागेका छन्। त्रिविमा पढाउने अध्ययन र अनुसन्धान नगर्ने अगाडि प्रा.डा मात्र झुन्डाउने यहि भजाएर खाने जमात पनि ठुलो छ। जसमा थेसिस सोधपत्र नक्कल गर्ने सार्ने र बेच्ने जमात छ। त्रिविमा एक जमात छ जुन विद्धताको नाउमा अरु नवप्रबेशीलाई रोक्ने विद्यार्थीलाई हेरानि दिने मनोबैज्ञानिक दवाव दिने विद्यार्थीलाई हौसला होईन हतोत्साहि बनाउने, पढन, जाचँ दिन, पढाइलाई निरन्तरता दिन बाधा र अबरोध गर्ने, अनावश्यक अव्वबहारिक नियम बनाउने तथा एप्टीचयुडमा जोड दिएर एटिच्युडलाई बेवास्ता गर्ने पढन चाहाने बाताबरण बिगार्ने शिक्षक र कर्मचारिको जमात भीसीको चुनौती हो।

    त्रिविले पढाएर उर्तिण गराएर पठाएका विद्यार्थीलाई परिक्षा नियन्त्रण कार्यालयले रोक्छ अर्कोतर्फ त्रिविको सिन्डिकेटमा अन्य योग्य काबिल शिक्षक आउन सक्दैन। अर्को सम्वन्धन तथा समकक्षतामा घोटाला गर्ने बिदेशबाट पढेर आएकाबाट असुल्ने समकक्षता नदिने ठुलो दुुष्ट जमात छ। त्रिवि अनुदान आयोग अर्को भर्ति केन्द्र हो जुन पैसा बाडँने साँचो बोकेर बसेको छ। पैसा बाडछ तर पैसाबाट हुने नतिजा हेर्दैन। त्रिविमा यावत कुरा छ जसबाट भीसीले जोगिन सक्दैन। जोगियो भने नेविसघं र अनेरास्ववियु मार्फत तोडफोड र हडताल गराउछ। त्यो झुण्ड त्रिविलाई कमाउने भाडो बनाएको छ। 

    भीसीको चुनौतीमा भौतीक सम्पती, मानविय सम्पती, बैद्धिक सम्पती, अचल सम्पती व्यवस्थापन गर्न नै मूख्य चुनौती छ। एकातिर सरकारका, पार्टिका मान्छेलाई राम्रो कमाउ स्थानमा पठाउने, जोगाउने जिम्मा छ भने, अर्कोतर्फ आफनो पद जोगाउन गरिने चाकडी र धनुष्टंकार अर्को छ। १५ बढि विश्वविद्यालय भएको सानो देशमा लहडमा, बहाकाव सनकमा विश्वविद्यालय खोलेर आफन्तलाई जागिर खुवाउने सोचले त्रिविलाई सताएको छ। बर्गेल्ती युनिभरसिटिले दर्जनौ समस्या ल्याएको छ धेरै छन् तर, काम लाग्ने छैनन्।

    परिक्षा नियन्त्रण कार्यालय, समकक्षता निर्धारण, त्रिवि सेवा आयोग, त्रिवि अनुदान आयोगमा असल सक्षम र इमान्दार नेतृत्व चाहिएको छ। रेक्टर, डिन, भीसी, रजिष्टार, सबै नयाँ भएमा मात्र काम गर्ने तरिका मिल्छ केवल भीसीमात्र नयाँ हुदाँ रेक्टर, रजिष्टार, डिनले सहयोग नगरे नतिजा आउदैन। बषौंदेखिका सेडा, सिनास, तथा त्रिवि लाइब्रेरीमा पनि सुधार आवश्यक छ। परिक्ष नियन्त्रण काार्यलयको नाममा समस्या छ परिक्षा व्यवस्थापन कार्यालय हुनुपर्ने थियो तर, नियन्त्रण भयो। हामी आम जनतामा पनि धेरै समस्या छ। जसको कारण पनि त्रिवि विग्रेको छ। जनता नराम्रालाई भोट दिन्छन् अनि राम्रो कामको अपेक्षा गर्छन्। उता विद्यार्थी पनि दैनिक कक्षा नजाने, लाइब्रेरि नजाने, विना अध्ययन डिग्री माग्छन् र चाहान्छन् विद्यार्थीमा पनि धेरै कमजोरी छ। हाम्रो सोच पढने पैसा कमाउन भन्नेछ यो सोच बदल्न छ। पढेको जानकार हुन, जान्न, बुुझन्, थाहा पाउन, असल नागरिक बन्न पनि हो। पढेपछि जागिर खाने या अन्य आफनै स्वरोजगारको काम गर्दा पनि हुन्छ तर, हामीमा जागिरको भुत छ। 

    पढेर पैसा कमाउने सोच नै समस्या हो पढने जिवन सहज बनाउन ज्ञान लिन पनि हो पढने कुराका लागि पैसा लाई मुख्य नै भएकाले पनि यावत समस्या हो पैसा र अध्ययन फरक कुरा हो। शिक्षकमा जिम्मेवारी सेवा पैसा हो तर यहाँ पैसा सेवन जिम्मेवारी को सस्कार बसेको छ। शिक्षकमा त धेरै समस्या छन् जस्तो कि कमाउने धन कमाउने बढि सेवा, सर्मपण र साधना छैन यो समस्या हो। शिक्षकको लोभ कै कारण टयुसन, कोचिङ, गेस पेपर ,थेसिस बेच्ने सेटिङ आदि भएका छन्। साथै प्रश्नपत्र परिक्षा भन्दा पहिला नै बाहिर ल्याउने पनि शिक्षक कर्मचारी नै हुन साथै कर्मचारी शिक्षक र स्ववियुको मिलोमतो कलेजमा घोटाला हुन्छ। कलेजमा पढाउन स्ववियुको पावर लगाउनु पर्छ। परिक्षा अनियमति गर्ने कार्यमा स्ववियुको हात छ। बिकृती हटाउन स्ववियु खारेज गर्नुपर्छ।

    परिक्षा प्रणालीमा सुधार ,बिदा कटौती, प्राविधिक शिक्षा, व्यबहारिक ज्ञान तथा रोजगारीको बजार र मागलाई हेरेर पाठ्यक्रममा सुधार, कक्षा कोठामा प्रविधिको प्रयोग महत्वपूर्ण छन् जसमा नयाँ भीसीलाई कडा चुनौती छ। प्राध्यापक कर्मचारी र युनियनको सिन्डिकेट तोडन भिसि कडारुपमा प्रस्तुत हुनुुपर्छ। सरकारले भीसी नियुक्त गर्ने सरकारमा भएका पार्टिका मान्छे र विद्यार्थीबाट व्यवधान हुने स्प्रष्ट छ। भीसी कम प्राविधिक, निम्नतम प्राज्ञिक तर, व्यवहारीक एवं नियमित, प्रष्टवक्ता, निडर निर्भिक, इमान्दार, सरल, खुला, मेहेनती र व्यवस्थापकिय ज्ञान भएको पार्टि र मन्त्रीबाट सहि कुरामा नडराउने आवश्यक परेमा पदनै दाउ लगाउने आँट भएको हुनुपर्छ जसमा आर्थिक अनुशासन तथा सरकार,मन्त्रालय, बिभाग, दल, अधिकारकर्मिसंग आखाँमा आखाँ जुधाएर कुरा गर्न सक्ने इमान्दार हुनुपर्छ।

    भीसी नियुक्त भएको पदबहाली कै दिन झुन्डहरु खेद्न तालाबन्दि गर्न जाने छन् त्यो बिषयमा तयार हुनुुपर्छ। करार, ज्यालादारी, अस्थायि कर्मचारी र शिक्षक अर्को समस्या हो। यसको लागि निर्मम निर्णय गर्न पनि तयार हुुनपर्छ। त्रिविका शिक्षकले अन्य स्कुल कलेजमा पढाउन नपाउने आठ घन्टाको अनिवार्य डिउटि तथा विद्युतिय हाजिरी राख्नुपर्छ। विदेशी विश्वविद्यालयसंग सहकार्य गरेर विद्यार्थी एक्सचेन्ज कार्यक्रम राखि समायानुकुल रोजगामुलक उद्यमसिल हुने किसिमको पाठयक्रममा जोड दिनुपर्छ। भीसीलाई साच्चै सफल बनाउने र त्रिबीलाई सबल बनाउने इमान्दार प्रयास सरकार र दलले गरेका हुन् भने त्रिवि परिसर भित्र तथा आगिंक कलेज भित्र विद्यार्थी शिक्षक तथा कर्मचारीका कुनै पनि युनियन, संघ र संगठन बर्जित निषेध गर्नुपर्छ।

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई