मंगलबार, श्रावण १२ गते २०८३
images
images

महिला कर्मचारी, हाकिम र सहकर्मीको मनपरी!

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 650
    SHARES
  • महिला कर्मचारी, हाकिम र सहकर्मीको मनपरी!

    बाटोमा हिड्दैँ थिए एक जना केटीलाई अर्को केटाले जिस्क्यायो। त्यो बेला केटीले त्यो केटालाई भनि “ओ डाँका तेरा घरमा दिदि बहिनी छैनन्”। यो त सार्वजनिक स्थलको कुरा भयो। 

    images

    सरकारी कार्यालयमा हजारौँ महिला कर्मचारी पूरुष सहकर्मीबाट पिडित र प्रताडित छन्। ती महिलाहरू उजुर गर्दैनन्। किन कि ती महिलाहरूलाई हाम्रो प्रणाली न्याय प्रशासनमाथि रत्तिभर बिश्वास छैन। तसर्थ उनिहरू सहकर्मी तथा हाकिमलाई उजुर दिएर अझ आफुलाई असुरक्षित बनाउन चाहदैनन्। प्रहरीलाई पनि बिश्वास गर्दैनन्। किन की प्रहरी नेतृत्व नेताहरूका खेताला छन्। प्रायजसो प्रहरीले अदालतलाई दोष दिन्छ। अदालतले सरकारी वकिललाई। एकले अर्कोलाई पन्छाएर पिडितलाई झुण्डिएर र बिष पिएर मर्नु पर्ने अवस्था छ। न्याय मरेको छ। अपराधीलाई  जोगाउन प्रधानमन्त्री, राष्ट्रपति दलका नेताहरू लागि परेका छन्।

    डबल इन्कम नभए अमेरिकामा बाँच्न गाह्रो छ सुनेको थिए। तर, नेपालमा पनि यस्तै भैसक्यो। जागिर बाध्यता कि आवश्यकता कि रहर सबै हो। व्यक्ति व्यक्तिमा फरक-फरक हुन्छ। तर, जागिर गर्नु आजको दिनमा चलनचल्तीमा छ। बिहे गर्दा पनि जागिरे महिला पूरुष उम्मेदवार खोजिन्छ। जागिर गर्नु सँगै अन्य कुरामा पनि ध्यान दिनुपर्छ। घर, परिबार, सम्बन्ध आदि। यी सबै कुरालाई चिरेर कार्यालय कामका लागि महिलाहरू पुग्दा समकक्षी, शाहु ,मालिक, हाकिमबाट अर्कै नजर हुन्छ।

    images

    Karmarachari.png
     
    एलेनोर रुजवेल्टका अनुसार तिम्रो स्विकृती बिना तिमिलाई कसैले होच्याउन सक्दैन। यसको अर्थ महिला आफै कमजोर देखाउछन् तसर्थ अरूले अवसर पनि पाउछन्। हाम्रो जस्तो अनपढ, गवार र असभ्य समाज भएको देशमा त बिबेक शून्य जमातले होच्याउनु नै गर्व ठान्छन्। यो सबैमा नभएपनि अपवाद बाहेक हुन्छ नै भैरहेको छ। शैक्षिक संस्थामासमेत महिलामाथि दुर्ववहार हुन्छन्। दिनहुँ दर्जनौ समाचार आइरहेका छन्।

    शिक्षकबाट विद्यार्थीहरूमा यौन दुव्यर्बहार भैरहेका विषयमा। सरकारी कार्यालय अन्तर्गत बिभाग, मन्त्रालय, जिल्ला कार्यालय, प्रदेश कार्यालय निर्देशनालय, शाखा, उपशाखाहरु जहाँ कहिँ पनि महिला कर्मचारीहरू पिडित छन्। तर, आवाज किन आइरहेको छैन। नेपालमा महिला मन्त्रालय, महिला आयोग, महिला बिकास जस्ता सरकारी निकाय भएपनि काम शून्य छ। केवल नियुक्ति लिने र तलब असुल्ने मात्र छन्। 

    पिडितले सिकायत उजुरी किन गर्दैनन्। राज्यमा विश्वास नभएर वा कुरा उठायो भने अझै पिडित भईन्छ राज्यले सजाँय गर्न सक्दैन। एक त समाजमा हल्ला खल्ला हुँदा घर परिवारकै संका, हेप्ने अर्को सिकायत उजुरी गर्दा जागिर जाने डर, टाढा दुर्गममा सरूवा गर्ने डर, कासमु कार्यालय सम्पादन मुल्याकन विर्गने डर आदिले उजुर गर्दैन्। एक पिडित महिलाले कसरी कार्यालयमा स्वतन्त्र, सहज, सुरक्षित भएर कार्य सम्पादन गर्न सक्छ। पार्टी भित्र विद्यार्थी संगठनभित्र पनि कार्यकर्ता असुरक्षित छन्।

    जुलाई २३, २०२३ मा गरेको एक अध्ययनमा स्वास्थ्य क्षेत्रमा कार्यरत ३४ प्रतिशत डाक्टर तथा ५२ प्रतिशत नर्सहरूमा गालि गलौज गर्ने, हेप्ने, थर्काउने धम्काउने जस्ता दुर्ववहार तथा हिंसा भएको अध्ययनले देखाएको छ। जसको कारणले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले असुरक्षित छन् जसबाट सेवा प्रबाहमा निश्चयनै असर गरेको छ। 

    आइरन लेडिको भनाईमा राजनितीमा केहि कसैलाई भन्नु छ भने पुरुषलाई भन्नुस् यदि कुनै काम गर्नु छ भने महिलालाई भन्नुस्। अस्पताल, बिमान, सिनेमा, आदिमा सहकर्मी महिला, नर्स, बिमान परिचारिका र नायिका, नृत्यगँना, गायिका महिला, खेलाडी महिला, शिक्षक महिला कर्मचारी, सबै तिर पुरुष कर्मचारीबाट एक किसिमको थिचो, मिचो, हेपाहा, अनैतिक, पेलाहा कुदृष्टी छ। त्यो सर कोमा त जान मन लाग्दैन कस्तो नराम्रोसँग हेर्छ मलाई त अप्ठेरो लाग्छ। कतिपय महिला सरकारी अफिसको गाडिमा समेत चढ्न धक मान्छन्। किन की पुरुष सहकर्मीको दुर्ववहारको डर हुन्छ। असुरक्षित हुने डर रहिरहेको हुन्छ।

    महिलाहरू चियाको व्याग जस्ता हुन जुनको स्वाद, रंग र ताकत तताएपछि मात्र थाहा हुन्छ। तर, हामी काहाँ सधै महिलालाई गलत कमजोर आकलन गरिन्छ। सरकारले क्वार्टर दिए पनि महिला कर्मचारीहरू डेरामा बस्छन्। किन की महिला कर्मचारी पुरुष कर्मचारीबाट असुरक्षित भैरहने र डरले केहि नबोल्ने अवस्था विद्यमान छ। सरकारी कार्यालयमा सहकर्मीबाट, सेवा लिन आउनेबाट, हाकिमबाट, आउँदा जाँदा बसमा, सार्वजनिक यातायातमा, सबैतिर महिलालाई दुर्ववहार छ। तर, न उजुरी छ न त गुनासो नै उजुरि दिए पनि कार्यबाही हुदैन। उजुरी हल्ला खल्ला त सेलिब्रेटि भएमात्र हुन्छ नत्र सामसुम, न मिडियाले देख्छ त न अड्डा अदालतमा नै मुद्धा आउछ।

    यसकारणबाट सरकारी अफिसमा महिलाको परफमेन्स कार्यसम्पादन सधै कम जस्तो लाग्छ पुरुष कर्मचारी सहकर्मीको दाजोमा Man is called human being, woman is called female महिलालाई महिला भनिन्छ। जसलाई लिङ्गसँग जोडिन्छ तर पुरुषलाई मानव भनिन्छ।

    अमेरिकी विदेश मन्त्रीका अनुसार महिला जो अरू महिलालाई सहयोग गर्दैन तिनिहरूको लागि नर्कमा बिशेष ठाउँ छ। अनि एक महिला जो अर्को महिलालाई दुर्ववहार गर्छ त्यो महिला देख्दा अचम्म लाग्छ। नेपालमा भएको कुल रोजगारमध्ये ९० प्रतिशत निजी संस्था, उद्योग, प्रतिष्ठानमा जहाँ महिला ३० प्रतिशत कामदार होलान। निजिमा पनि महिला पिडित छन्, सरकारी पनि छन्। कसरी महिला शोषित, दमित, पिडित हुन्छन् त निजि संस्थामा वा सरकारी कार्यालयमा? सरकारी कार्यालय भएपनि हाकिमको दबाबमा नेै हुन्छ महिला बोल्न विरोध गर्न सक्दैनन्।

    अर्को हाकिमसँग, सहकर्मीसँग विविध काम लिनुपर्ने हुन्छ। तसर्थ हाकिम र सहकर्मीबाट यसको कारणले पनि अनुचित फाइदा लिइरहेका हुन्छन्। कार्यालयभित्र पनि बिबिध परिस्थिति र बाध्यता हुन्छन् जसमा पुरुष सहकर्मीले गलत नियत राख्न सक्छन्। फिल्ड जाँदा होस वा कार्यालय भित्र, क्यान्टिन, बैठक सबैतिर महिलालाई खतरा नै छ।

    बिभिन्न स्थानमा फरक-फरक क्षेत्रमा जिम्मेबार पदमा  रहेर काम गर्दा महिला स्टाफले सहकर्मीको कम्प्लेन गरेको सम्झन्छु। पहिला पहिला महिलाहरू आर्मी, पुलिसफ ड्राइभर खलासिबाट जोगिन गाहो भनिन्थ्यो तर, आजकल सहकर्मीबाट, शिक्षकबाट, अभिभावकबाट नै महिला पिडित हुने स्थिति छ।

    गएका दुई वर्ष काम बिशेषले हरेक महिना जस्तो अदालत जानु पर्ने भयो र त्यहा अदालतमा जाँदा अक्सर गरेर २० देखि ३० वर्ष मुनिका महिला कोहि काखमा बच्चा बोकेका, कोहि नबोकेका थिए। उनिहरू अदालत धाउने कारण थियो छोडपत्र अंस लिने, कुटपिट, दुर्ववहार, पतिले छाडेको, सासु ससुराले अंस नदिएको, घरबाट निकालेको, सौता हालेको जस्ता पिडा बोकेर आइरहेका थिए। तर, अड्डा अदालत पिडितमैत्रि थिएन। किन की उनिहरुको सहारा केवल भगवान थियो। 

    राज्यमा भरोसा टुटेको थियो, तसर्थ अनुहारमा पिडा थियो, चमक थिएन। यो कोठा त्यो कोठा यहाँ तिर त्यहाँ तिर यो कागज, त्यो कागज, यो दिन, उ दिन, तारिख, पेशी साछि सर्जमिन, बार्ड, निवेदन आदि सबै पिडितलाई पिडा थप्ने बाहेक अरु केहि थिएन। आधुनिकता, फेसन, मादक पर्दाथ, रक्सि, चुरोटको सहज उपलब्धता ,मिडियाको प्रभाव, समाजले पचाउने, महिलाहरुमा आत्मनिर्भर बन्ने हुटहुटि आदि कारणले गर्दा आजको दिनमा महिलाहरू घेरै मात्रामा पिडित भैरहेका छन्। 

    आर्थिक, पारिवारिक, समाजिक दवाव र बाध्यताले महिलाहरू काममा जानुपर्ने अवस्था छ। तर, समाजमा कामकाजी महिलालाई भएको शोषण, अत्याचार, पिडा बेदना कुन्ठाको बारेमा न बिगतमा भएका महिला सभामुख महिला, प्रधानन्यायाधीश महिला, न त महिला  राष्ट्रपतिले नै सिन्को भाँचे। महिला नेतृत्वमा हुनु वा पूरुष नेतृत्वमा हुनु खास फरक छैन। फरक त्यतिबेला छ। जुन एक जिम्मेवार नैतिकतावान राष्ट्रसेवक सबै महिला सहकर्मी र कामदारप्रति सम्मान र मर्यादा गर्छ।

    ३३ प्रतिशतको कुरा गरिन्छ। तर, महिला तथा बालिकाहरुलाई सम्मान, इज्जत सुरक्षित समाज, महिला कार्यस्थल, घरपरिवार, अभिभावक, विद्यालयमा स्वतन्त्र भई हिडडुल गर्ने, हास्ने, खेल्ने, रमाउने वातावरण बनाउ।

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई