शुक्रबार, आश्विन २३ गते २०८३
images

मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे सुझाव

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 289
    SHARES
  • मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर विभिन्न विषय समेटेर १५ बुँदे सुझाव पेश गरेका छन्।

    images

    ढकालले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । 

    ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन्। उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन्। यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न भनेका छन्।

    images

    डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

     

     

  • सम्बन्धित विषय:

  • # महामन्त्री मुकुल ढकाल
  • # १५ बुँदे सुझाव
  • # प्रधानमन्त्री