शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 214
    SHARES
  • मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनुसन्धान अघि बढेको बताएका छन् । 

    images

    सोमबार साझ विपक्षी दलहरूले बुझाएका ज्ञापनपत्र बुझ्दै  प्रधानमन्त्री ओलीले  पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागत रूपमा पक्राउ गरिएको स्पष्ट पारेका हुन् । उनले कसैसँग दुराभाव नभएको उल्लेख गर्दै प्रतिशोधको राजनीति गर्न जरुरी नरहेको बताए । 

    उनले भनेका छन्,"मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुदिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो । मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।"

    images

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री