काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार हार व्यहोरेको छ ।
बुधबार दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भएको खेलमा युएईले नेपाललाई ४ विकेटले हराएको हो । २४० रनको लक्ष्य पछाएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।
यसअघि नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो।
नेपालको लागि भिम सार्कीले ४८ रन बनाउँदा कुशल मल्लले ४५ रन बनाए । त्यसैगरी दिपेन्द्र सिहं ऐरीले ३७ रन बनाए भने आरिफ शेखले ३० रन जोडे ।



