आइतबार, आश्विन २५ गते २०८३
images
images

विश्वकप लिग-२:क्यानडालाई हराउँदै नेपालको विजयी सुरुवात

एक्सप्रेस पाना
आश्विन २५, २०८३ आइतबार
  • 59
    SHARES
  • विश्वकप लिग-२:क्यानडालाई हराउँदै नेपालको विजयी सुरुवात

    काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडालाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । 

    images

    आइतबार ओमानको अल अमेरात स्टेडियममा भएको खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । २३६ रनको लक्ष्य पछाएको क्यानडा ४८.४ ओभरमा अल आउट हुदै २११ रनमा समेटिएको हो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुदैँ २३५ रन बनाएको थियो । नेपालका लागी रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले। 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २