शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले यसरी गरे एनपीएलका आठ मार्की खेलाडीको प्रशंसा

एक्सप्रेस पाना
मंसिर १०, २०८१ सोमबार
  • 248
    SHARES
  • प्रधानमन्त्री ओलीले यसरी गरे एनपीएलका आठ मार्की खेलाडीको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का सबै टोली तथा खेलाडीलाई शुभकामना दिएका छन् ।

    images

    सोमबार धरहरा परिसरमा एनपीएलको ट्रफीको सार्वजानिक गर्दै प्रधानमन्त्री ओलीले लिगमा प्रतिस्पर्धा गर्ने सबै टिमका मार्की खेलाडीको व्यक्तिगत प्रशंसा गर्दै शुभकामना दिएका हुन् ।

    उनले जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखको प्रसंसा गर्दै आसिफलाई कप्तान कुल, शान्त, भनेर नाम–उपनाम दिए हुने बताए ।

    images

    उनले भने,"आसिफले स्पोर्ट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडिओ मैले पनि हेरेको थिएँ । जनकपुरझै शान्त स्वभाव उनको कायम रहोस् । आसिफलाई कप्तान कुल, शान्त, भनेर नाम–उपनाम दिए हुन्छ जस्तो पनि लाग्छ ।"

    ओलिले काठमाडौं गुर्खाजका मार्की खेलाडी करण केसीको चर्चित उपनाम जसरी नै राजधानीको नाम राख्ने विश्वास व्यक्त गरे । उनले भने,‘करण केसीलाई ‘भ्यालेन्टाइन ब्वाई’ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा राखेको छु, ’।

    त्यसैगरी प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई शुभकामना दिदैँ उनको अद्भूत शैली विश्वलाई नै छुट्याउन गाह्रो हुने  बताए ।उनले भने, ‘कप्तान कुशलको बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ । मैले मात्र नभई विश्वले नै छुट्याउन नसकेको जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना ।’

    ओलिले लिगको अर्काे टिम चितवन राइनोजलाई उनले चितवन गैडाज भन्दै मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली निकै मन पर्नै उल्लेख गरे । 

    ओलीले भने,‘चितवन राइनोज अथवा गैडाजका कप्तान कुशल मल्ल हेर्दा अलि सानो–सानो जस्तो लाग्छ । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैलीचाँही साह्रै मनपर्छ । अझै बढोस् शुभकामना छ,’  ।

    यस्तै, विराटनगर किंग्सका मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्राण्ड अम्बासडर जस्तै भएको उल्लेख गर्दै नेपालीले चान्स पायो भने जे नि गर्न सक्ने बताए । 

    उनले भने, ‘विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटका ब्राण्ड अम्बासडरजस्तै भएका छन् । बीबीएलदेखि आईपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो की गर्छ ।’

    ओलिले लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलको कप्तानीले लुम्बिनीको भावना मैदानमा देखिने बताए । 

    ओलीले भने,‘रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देखिने छ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटको कप्तान भएको नाताले उनले जितेकै हुनेछन्, ।

    प्रधानमन्त्री ओलीले कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीको बलिङको प्रशंसा गर्दै अर्को टी–२० विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सल्लाह दिए । 

    त्यसैगरी  सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई हिरो भन्दै ऐरीको ६ छक्काको कीर्तिमान जस्तै एनपीएलमा थुप्रै कीर्तिमानहरु बनाउन शुभकामना दिए । 

    विदेशी खेलाडीको बारेमा बोल्दै प्रधानमन्त्री ओलील विश्वकप खेलेका खेलाडी नेपाल आउनु गौरवको विषय रहेको बताए । उनले एनपीएलले पर्यटन व्यवसायको प्रवर्द्धन गर्छ भन्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताए ।

  • सम्बन्धित विषय:

  • # एनपीएल)
  • # प्रधानमन्त्री
  • # मार्की खेलाडी