शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जय ट्रफी कप: १०२ रन मै समेटियो मधेश प्रदेश,सन्दीपले लिए ५ विकेट

एक्सप्रेस पाना
पौष २१, २०८१ आइतबार
  • 344
    SHARES
  • जय ट्रफी कप: १०२ रन मै समेटियो मधेश प्रदेश,सन्दीपले लिए ५ विकेट

    काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा मधेश प्रदेशले १०२ रनमा अल आउट भएको छ । 

    images

    आइतबार जनकपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मधेश ३५ ओभर ३ बलमा १०२ रनमा रोकिएको हो ।

    बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएका छन् भने सुर्य तामाङले ३, प्रतिश जिसी र नन्दन यादवले एकएक विकेट लिए ।

    images

    मधेसका लागि मायन यादवले सर्वाधिक २१ रन बनाए भने निरोज यादवले १२, विशाल पटेलले १६ रन बनाए ।

    आफ्नो पहिलो इनिंग शुरु गरेको बागमती प्रदेशले आजको खेल सकिदा २ विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका लागि आशुतोष घिरोहिया शुन्यमा आउट भएका थिए भने रित गौतम ३ रनमा आउट भएका थिए । त्यस्तै इशान पाण्डे ९ र शुभ कंसाकार २२ रन बनाएर खेलिरहेका छन् ।

    त्यसैगरी मधेशका बलर रुपेश सिंह र बिशाल पटेलले एक एक विकेट लिएका थिए ।   

  • सम्बन्धित विषय:

  • # जय ट्रफी कप