काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदान जारी पहिलो खेलमा पोखरा एभेन्जर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको हो ।
पोखरा एभेन्जर्सको लागी जिम्मी निशामले अविजित ५१ रन बनाए भने एडम रोसिंगटनले ८१ रन बनाए ।



